विपद ब्यवस्थापनका लागि ‘विपद पोर्टल’ सञ्चालन
तोलाकान्त बगाले/वालिङ :
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद ब्यवस्थापनमा जोड दिंदै ‘विपद पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
विपदसम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद ब्यवस्थापन सम्बन्धी तथ्याङ्कलाई एकरुपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पु¥याउने उद्देश्यले ‘विपद पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याईएको वालिङ नगरपालिका सूचना प्रविधि शाखा प्रमुख ई. प्रकाश अर्यालले बताउनुभयो ।
यूथ ईनोभेसन ल्याब प्रा. लि. काठमाडौंको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
संभावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपदकै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद पूर्वको अवस्थाकाबारेमा जानकारी दिईने उहाँले बताउनुभयो ।
“यस पोर्टललाई थप ब्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी ‘अर्ली वार्निङ सिस्टम’ मार्फत नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी छ” उहाँको भनाई थियो ।
यससम्बन्धी जानकारीहरु धबष्लिनmगल।दष्उबमउयचतब।िनयख।लउ मा हेर्न सकिने छ । ‘विपद पोर्टल’ एकीकृत विपद सूचना ब्यवस्थापन प्रणाली हो जुन नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको छ यूथ ईनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताउनुभयो ।
“विपद जोखिम ब्यवस्थापनका क्षेत्रमा पूर्व तयारी तथा जोखिम न्यूनिकरण कार्य गर्नलाई सूचना तथा तथ्याङ्क संकलन गर्ने र संकलित तथ्याङ्कको प्रयोगका लागि ‘विपद पोर्टल’ ले विशेष महत्व दिएको छ” ल्याबका निर्देशक खतिवडाले भन्नुभयो, “विपदका सूचना तथा तथ्याङ्कहरु एकैठाउँबाट सबैले जानकारी पाउन सक्ने, हरेक घटनाको ब्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी प्रभावकारी तरिकाले कार्य गर्नका लागि पोर्टल सञ्चालन गरिएको हो ।”
‘विपद पोर्टल’ मा विपदसम्बन्धी विभिन्न विधाका सूचना तथा तथ्याङ्क एकीकृत गरी ब्यवस्थापन गरिन्छ । विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन कार्यका लागि सूचना तथा तथ्याङ्कहरुको आवश्यकता अनुसार प्रयोग गर्न सकिने छ । स्थानीय तहमा रहेका स्रोत र साधन, घटनाहरुको विवरण, क्षतिको विवरण आदिको जानकारी दिन र लिन सकिने गरी सूचना ब्यवस्थापन प्रणालीलाई ब्यवस्थापन गरिएको ल्याबका निर्देशक खतिवडाले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


