वालिङ नपा र ककनी गापाका न्यायिक समितिबीच छलफल
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच न्यायिक समितिले गरेका असल अभ्यासहरुको आदान प्रदान गरिएको छ ।
वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल अभ्यासहरुकाबारेमा जानकारी लिन वालिङ आएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामासहितको न्यायिक समिति तथा मेलमिलापकर्ताहरुलाई वालिङमा स्वागत गर्दै असल अभ्यासहरुको आदान प्रदान गरिएको हो ।
अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ नगरपालिकाले न्यायिक क्षेत्र तथा समग्रमा नगरपालिकाले गरेका गतिविधिहरुकाबारेमा जानकारी गराउनुभएको थियो । उहाँले एउटा पालिकाले गरेको राम्रो अभ्यासको आदान प्रदान गरी अगाडि बढ्न सहज हुने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनमा पनि एउटा पालिकाले गरेका असल अभ्यासहरु अर्को पालिकालाई आदान प्रदान गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
.

कार्यक्रममा ककनी गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लामाले वालिङ नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादनमा खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यहाँबाट सिकेका असल अभ्यासहरुलाई ककनीमा पनि प्रयोग गर्ने जनाउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले वालिङ नगरपालिकाको न्यायिक क्षेत्रमा परेका विवादहरु, समाधानका लागि भएका प्रयासहरु र मेलमिलापकर्ताहरुको भूमिकाकाबारेमा जानकारी गराउनुभएको थियो । वालिङ नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कानून शाखा प्रमुख पौडेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


