वालिङ नपा र ककनी गापाका न्यायिक समितिबीच छलफल

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच न्यायिक समितिले गरेका असल अभ्यासहरुको आदान प्रदान गरिएको छ ।
वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल अभ्यासहरुकाबारेमा जानकारी लिन वालिङ आएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामासहितको न्यायिक समिति तथा मेलमिलापकर्ताहरुलाई वालिङमा स्वागत गर्दै असल अभ्यासहरुको आदान प्रदान गरिएको हो ।
अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ नगरपालिकाले न्यायिक क्षेत्र तथा समग्रमा नगरपालिकाले गरेका गतिविधिहरुकाबारेमा जानकारी गराउनुभएको थियो । उहाँले एउटा पालिकाले गरेको राम्रो अभ्यासको आदान प्रदान गरी अगाडि बढ्न सहज हुने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनमा पनि एउटा पालिकाले गरेका असल अभ्यासहरु अर्को पालिकालाई आदान प्रदान गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
.

कार्यक्रममा ककनी गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लामाले वालिङ नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादनमा खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यहाँबाट सिकेका असल अभ्यासहरुलाई ककनीमा पनि प्रयोग गर्ने जनाउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले वालिङ नगरपालिकाको न्यायिक क्षेत्रमा परेका विवादहरु, समाधानका लागि भएका प्रयासहरु र मेलमिलापकर्ताहरुको भूमिकाकाबारेमा जानकारी गराउनुभएको थियो । वालिङ नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कानून शाखा प्रमुख पौडेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…