स्याङ्जाको पहिलो र प्रदेशको दोस्रो बालमैत्री नगर बन्यो भीरकोट ।
स्याङ्जा :
स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्रि नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार एक विशेष समारोहका बीच भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले बालमैत्री स्थानीय शासन सबै तहमा हुन आवश्यक रहेको बताउनु भएको छ । बालमैत्री शासनले बालबालिकामाथि हुने सबै खाले अन्याय,अत्याचार तथा बिभेदकको अन्त्य हुने भन्दै शेरचनले “बालबालिकाको क्षेत्रमा गरिने लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताउनुभयो ।”
बालबालिकाको क्षेत्रमा लगानी गर्नु निक्कै प्रशंसा योग्य कार्य भन्दै उहाँले संबिधानको सहि रुपमा कार्यान्वयन भएको बताउनु भयो ।
.
कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेश सभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद तथा कांग्रेस उपनेता मेखलाल श्रेष्ठ, प्रदेश सांसद दिपक चर्तीमगर, जिल्ला समन्वय उपप्रमुख दिलिपकुमार बगाले, गलकोट नगरपालिकाका प्रमुख भरत गैह्रे, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, वडा नंं १ का अध्यक्ष एवं प्रवक्ता दिपेन्द्र केसी, २ का वडा अध्यक्ष कमल त्रिपाठी, बालसंजालका नगर अध्यक्ष सुदिप पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले नगरलाई बालमैत्री नगर घोषणाका लागी गर्भावस्था देखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रमहरु गरिएको भन्दै गर्भवतीलाई अण्डा वितरण, नियमित गर्भ जाँच, पुर्ण खोपको सुनिश्चिता गरिएको बताउनुभयो । खनालले भन्नुभयो, ‘हामीले बाल विवाह न्युनिकरण, बालश्रमको अन्त्यका विभिन्न कार्यक्रमहरु गरेका थियौँ र हामी आज सफल पनि भएका छौँ । बालमैत्री नगर घोषणा भएको छ ।’
.
नेपालभरीका नगरपालिकामध्ये भीरकोट सातौं, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जमा पहिलो बालमैत्री नगर घोषित भएको हो । बालमैत्रि नगर घोषणाका लागी भीरकोटले २०७५ साल पौष ९ गतेदेखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनितिमा आधारित भई आवधिक बार्षिक योजना शुरु गरेको थियो ।
गतवर्षको चैत्रमै बालमैत्रि घोषणाको तयारीमा रहेपछि कोभिडका कारण घोषणा हुन सकेको थिएन । घोषणाका ३९ सूचकहरु पुरा गरी बालमैत्रि नगर घोषणा गरिएको हो । ३९ सूचक मध्ये २० ओटा १०० प्रतिशत र १९ ओटा ९९।६७ प्रतिशत नतिजा हाँसिल गरेको छ । त्यस्तै बालबालिकाको स्थितिपत्र समेत प्रकाशन गरिएको छ ।
बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति नै बालमैत्री स्थानीय शासन हो । बालबालिका भन्नाले १८ वर्ष भन्दा कम उमेतर समुहकालाई बुझिन्छ ।
कार्यक्रमा यसअघि गरिएका अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने विभिन्न विद्यालयका बालबालिकाहरुले नृत्य, गितलगायत आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभाभावक, विद्यार्थी, शिक्षक शिक्षीकाहरुको विशेष उपस्थिति थियो । नगर उपप्रमुख सीमा केसी कर्माचार्यको स्वागत र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै कार्यक्रममा भीरकोटले डिजिटल प्रोफाईल समेत सार्वजानिक गरेको छ ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…