एमाले बिबाद : माधवकुमार नेपाल र भीम रावललाई कारबाही
काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको छ ।
कारबाहीको सूचना पाएपछि नेपाल र रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको खुलेको छ । नेपाल र रावलले सोमबार दिउँसो कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा करिब दुई घण्टा छलफल भएको थियो ।
नेपाल र रावलसहित चार नेतालाई सोधिएको स्पष्टीकरण पत्रमा दुई नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रश्न गर्दै स्पष्टीकरण पठाएका थिए । उत्तरबाट संस्थापन समूह रुष्ट बनेको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


