कालीगण्डकीकाे भुष्टुङमा भलिबल प्रतियोगिता सम्पन्न ।
स्याङ्जा : होली पर्वको अवसरमा नवजागरण युवा क्लब स्याङ्जाले क्लब स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा कालीगण्डकी गाउँपालिका , गल्याङ नगरपालिका र गुल्मी जिल्लाका गरि कुल ३० वटा समूहले सहभागिता जनाएका थिए। सहभागीहरु मध्ये सिंजाली होटल कालीगण्डकी गाउँपालिका वडा नम्बर २ प्रथम , द्वितीय आयोजक नवजागरण युवा क्ल्ब र भगवती जनकल्याण युवा क्लब रिप्दीले तृतीय स्थान हासिल गर्न सफल भएको थियो। यस्तै गरि टाम्केकोट होम स्टे गल्याङले सान्त्वना स्थानमै चित्त बुझाउन परेको थियो। प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय स्थान हासिल गर्न सफल समूहलाई क्रमशः ३३ हजार ३ सय ३३ , २२ हजार २ सय २ रुपैयाँ र रु ११ हजार १ सय ११ रुपैयाँ, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
सान्त्वना स्थान हासिल गर्न समूहलाई रु ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो। समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहन पाण्डे प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा मन्तव्य दिने क्रममा प्रतिनिधिसभा सदस्य मोहन पाण्डेले सकारात्मक सोचले पुर्ण युवा नै आजको समाज परिवर्तनको आधार भएको बताएका छन।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


