बिरुवा गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु ।
स्याङ्जा : बिरुवा गाउँपालिका स्याङ्जामा चौथो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक विशेष कार्यक्रम विच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मंत्री पद्मा कुमारी अर्यालले उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्यालले आफ्नै पार्टीको एउटा समूहले निरन्तर असहयोग गरेको कारण प्रधानमन्त्रीले संसद विघटन गर्न बाध्य हुनुपरेको बताउनु भयो ।
.

कार्यक्रमको पहिलो दिनको उद्घाटन खेलमा वडा न ६ को पुरुष टिमले वडा न ४ लाई पराजित गरेको छ । उद्घाटन कार्यक्रम मा राष्ट्रीय ख्यातिप्राप्त कलाकार रमेश विरही गुरुङ , शिव हमाल , शागर लम्साल (बले) , रिना केसी लगाएतले प्रस्तुति दिनु भएको थियो ।
गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत वडा न ६ का वडाध्यक्ष कृष्ण केसीले गर्नु भएको थियो ।
खेलमा प्रथम हुने पुरुष टीम लाई रु ६० हजार , द्वितीय हुने टिमलाई रु ४० हजार र तृतीय हुने टिमलाई रू २० हजार पुरस्कार रहेको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो ।
.

यसैगरी महिला टिमलाई क्रमश ३० हजार , २० हजार र १० हजार पुरस्कार रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो । कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष पारस गैह्रे, नेपाली कांग्रेस बिरुवा अध्यक्ष युवराज केसी , प्रदेश सांसद दीपक चर्ती मगर लगाएतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नु भएको थियो । कार्यक्रम फाल्गुण २३ गते समापन हुने छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


