सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न

काठमाडौं : नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमतिका हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गर्नुभएको हो ।
सहमतिमा देशको राजनीतिक समस्याहरु दुवै पक्षले वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएका छन् ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन र कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ गरी सम्पूर्ण मुद्दा खारेज गर्न तयार रहेका छन् ।
हस्ताक्षर समारोहमा सरकारका मन्त्रीहरु र विप्लव समूहका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…