सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न
काठमाडौं : नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमतिका हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गर्नुभएको हो ।
सहमतिमा देशको राजनीतिक समस्याहरु दुवै पक्षले वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएका छन् ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन र कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ गरी सम्पूर्ण मुद्दा खारेज गर्न तयार रहेका छन् ।
हस्ताक्षर समारोहमा सरकारका मन्त्रीहरु र विप्लव समूहका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


