रोग लाग्न नदिनका लागि खानेबानी सुधार्न गल्याङ नगर प्रमुख अधिकारीको आग्रह
गल्याङ : गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले रोग लाग्ने नदिने अवस्थाका लागि खाना खाने बानीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
गल्याङ नगरपालिकामा बुधबार भएको अभिमुखिकरण गोष्ठीमा उहाँले रोग लाग्न नदिनका लागि खानेबानीमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।
खानपानका कारण नै रोग लाग्ने गरेको भन्दै उहाँले खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘कृषि उत्पादन गर्न भन्दा विषाधियुक्त तरकारी किनेर खाने बानी विकास भैरहेको छ । अब आफै उत्पादन गरेर खानुपर्ने बानीको विकास गर्नुपर्छ ।’
उहाँले घरमा पनि विषाधी नराखिकन उत्पादन गरी रोगबाट बच्न सकिने बताउनुभयो । कृषि र स्वास्थ्य जोडिने भएकाले ताजा उत्पादनमा लाग्नुपर्ने भन्दै नगरप्रमुख अधिकारीले दैनिक दुध सेवनले पनि स्वास्थ्यलाई फाइदा पुग्ने बताउनुभयो ।
उहाँले स्वस्थ भई रोजगारी र स्वरोजगारी सिर्जना गर्नका लागि नै आफुले एक घर एक गाईको नीति ल्याएको बताउनुभयो ।
कार्यक्रमका सभापति उपसचिव केदारराज आचार्यले समुदायमा रहेका सबै क्षेत्रलाई स्वास्थ्यको पहुँच पु¥याउन विद्यालय तहसम्म जनचेतना लैजानुपर्ने बताउनुभयो ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


