निशुल्क प्रजनन् स्वास्थ्य शिविरमा महिला लाभ लिए
तोलाकान्त बगाले/वालिङ :
वालिङ २ धनुबाँसे स्वास्थ्यचौकीमा आज एकदिने बृहत निशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्क्रिनिङ, आङ खस्ने समस्या र यौन रोगसम्बन्धी परीक्षण गरी आवश्यक परामर्श तथा उपचार गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
शिविरको उद्घाटन गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले रोगलाई लुकाएर नबस्न अनुरोध गर्दै समयमै परीक्षण गराई स्वास्थ्य लाभ लिन सुझाव दिनुभयो । उहाँले लाजका कारण रोगलाई लुकाउँदा त्यसले भोलिका दिनमा झन जटिल समस्या सिर्जना गर्न सक्ने भएकाले समयमै स्वास्थ्यकर्मीहरुसँग आवश्यक सरसल्लाह लिई उपचार गर्न जोड दिनुभयो ।
.

रोग लागिसकेपछि पछुताउनुभन्दा पनि रोग लाग्नै नदिनु वेश हुने भएकाले आफ्नो स्वास्थ्यप्रति सबै सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नगरका प्रत्येक १४ वटै वडामा यस खालका शिविरहरु सञ्चालन गर्ने बताउनुभयो । वालिङका नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्यसम्बन्धी आँफू पनि सचेत रहन र अरुलाई पनि सचेत बनाउन सबैले सहयोग गर्नु आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, कार्यपालिका सदस्य यूगमाया पंगेनीले गाउँ गाउँमा आएको स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य अवस्थाकाबारेमा परीक्षण गराई समयमै सुरक्षित रहन आग्रह गर्नुभयो ।
वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव चेतनप्रसाद अर्यालले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


