निशुल्क प्रजनन् स्वास्थ्य शिविरमा महिला लाभ लिए
तोलाकान्त बगाले/वालिङ :
वालिङ २ धनुबाँसे स्वास्थ्यचौकीमा आज एकदिने बृहत निशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा गह«ौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्क्रिनिङ, आङ खस्ने समस्या र यौन रोगसम्बन्धी परीक्षण गरी आवश्यक परामर्श तथा उपचार गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
शिविरको उद्घाटन गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले रोगलाई लुकाएर नबस्न अनुरोध गर्दै समयमै परीक्षण गराई स्वास्थ्य लाभ लिन सुझाव दिनुभयो । उहाँले लाजका कारण रोगलाई लुकाउँदा त्यसले भोलिका दिनमा झन जटिल समस्या सिर्जना गर्न सक्ने भएकाले समयमै स्वास्थ्यकर्मीहरुसँग आवश्यक सरसल्लाह लिई उपचार गर्न जोड दिनुभयो ।
.

रोग लागिसकेपछि पछुताउनुभन्दा पनि रोग लाग्नै नदिनु वेश हुने भएकाले आफ्नो स्वास्थ्यप्रति सबै सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नगरका प्रत्येक १४ वटै वडामा यस खालका शिविरहरु सञ्चालन गर्ने बताउनुभयो । वालिङका नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्यसम्बन्धी आँफू पनि सचेत रहन र अरुलाई पनि सचेत बनाउन सबैले सहयोग गर्नु आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, कार्यपालिका सदस्य यूगमाया पंगेनीले गाउँ गाउँमा आएको स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य अवस्थाकाबारेमा परीक्षण गराई समयमै सुरक्षित रहन आग्रह गर्नुभयो ।
वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव चेतनप्रसाद अर्यालले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


