बालवालिकालाई सक्षम र सबल बनाउनका लागि आमाहरुको विशेष भूमिका : वडा अध्यक्ष श्रेष्ठ
टीकाराम अधिकारी/गल्याङ :
बालवालिकालाई सक्षम र सबल बनाउनका लागि आमाहरुको विशेष भूमिका रहने र उनीहरुको रहन सहन आनीबानीमा ख्यान गर्नु पर्ने र आफ्नो बच्चा कस्तो निर्माण गर्ने भन्ने जिम्मेवारी आफ्नै अभिभावकको हातमा हुने गल्याङ नगरपालिका वडा नं.८ का वडाअध्यक्ष भेक प्रसाद श्रेष्ठले बताउनु भयो ।
आईतबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ रिप स्थित नेशनल गोल्डेन फ्यूचर इङलिस बोडिङ स्कूलको १२औँ बार्षिकोत्सव र अभिभावक दिवस समारोह एवम् पुरस्कार वितरण कार्यक्रममा सो कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो यहाँका संस्थापक शेयर सदस्य तथा समाजसेवीहरुले आफूलाई वडा भित्रको विकास निर्माण अभियानमा सबैको साथ र सहयोग गरिरहनु भएको प्रति आभार व्यक्त गर्दै । विद्यार्थीका अभिभावकहरु धेरै भन्दा धेरै उपस्थित भएको प्रति धन्यवाद दिदै भोलिका दिनमा पनि विद्यालयको शैक्षिक उन्नयनमा जोड दिन आग्रह गर्नु भयो ।
.

उहाँले भन्नु भयो अहिलेको वर्तमान अवस्थामा अभिभावकको चाहाना भनेको व्यवहारिक र सीपमूलक जीवन उपयोगी शिक्षा भएको बताउदै त्यस तर्फ हामी लागि परेको र केही वर्षमा सिबिल इञ्जिनियरका विद्यार्थी वडामा उत्पादन हुन लागेको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो हामीले जातीलाई गाली गरेर होईन आफ्नो शैक्षिक गुणस्तर वृद्वि गर्नु पर्ने शिक्षा क्षेत्रको विकास भयो भनि अन्य क्षेत्रको विकास स्वतह हुने बताउदै । जनजाती दलित भनिरहदा हामीले सञ्चालन गरेको विद्यालयमा शिक्षण गर्ने ८५ प्रतिसत जनजाती शिक्षकहरुले शिक्षण गर्ने गरेको कुरा बताउनु भया े।
हामीले अभिभावक तर्फ फर्किएर भन्दा पनि हामी सबैले आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्नु पर्ने अभियानमा लाग्न आग्रह गर्दै जिल्लाकै नमुना विद्यालय निर्माण अभियानमा लाग्न समेत आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा जानकी माध्यमिक विद्यालयका प्रअ लेखनाथ चापागाई,सञ्चालक समिति सदस्य चन्द्र बहादुर राना मगर, झिम बहादुर थापा,चण्डिका आधारभूत विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठ, लक्ष्मी टेलिभिजनका समाचार प्रमुख तथा गल्याङपोष्ट साप्ताहिकका सम्पादक टिकाराम अधिकारी, गौतम् स्टेशनरीका प्रोपाईटर युवराज गौतम, शेयर सदस्य नारायण प्रसाद खनाल विद्यार्थीहरु रजना राना,निरिसा
श्रेष्ठ, सौरभ श्रेष्ठ, प्रविण श्रेष्ठ,निशा श्रेष्ठ, जमुना सारु, स्वतिका भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विभन्नि सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुका साथै विभिन्न विधामा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल कृष्ण बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सञ्चालक समितिका कोषाध्यक्ष मुक्ति प्रसाद खनालले र कार्यक्रमको सञ्चालन विद्यालयका भाईस प्रिन्सिपल सुर्वण श्रेष्ठले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


