गल्याङ बहुमुखी क्याम्पसको छैटौं साधारण सभा तथा अधिवेशन

galyang Bahumukhi campus 3

टीकाराम अधिकारी/गल्याङ :
स्याङ्जा जिल्लाको पश्चिम भेग प्रार्कतिक सुन्दरताले भरिपूर्ण कालीगण्डकी र आँधिखोलाको बिचमा अवस्थित ऐतिहासिक गल्याङ बजारमा २०६० सालमा यस क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरेर सञ्चालन गरिएको गल्याङ बहुमुखी क्याम्पसको छैटौं साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पुथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक डाक्टर विकास केशीले उहाँले भन्नु भयो ग्रामिण क्षेत्रमा रहेर पनि शैक्षिण गुणस्तरका क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै क्याम्पसको शैक्षिक गुणस्तर वृद्वि गर्नका लागि क्यू ए ए सञ्चालनका लागि क्याम्पस सञ्चालक समिति क्रियाशिल रहेको र प्राध्यापकहरु र विद्यार्थीहरुको सहभागीताले क्यू ए ए मा जान सजिलो हेने बताउदै हामीले सञ्चालन गरेका विभिन्न गतिविधिहरु संकलन गरेर राख्नु पर्ने कुरा बताउनु भएके थियो ।
उहाँले भन्नु भयो क्याम्पसलाई क्यू ए एमा जानका लागि तथ्याङ्क आवश्यक भएको बताउदै हामीले निर्माण गरेका डकोमेन्ट्रीहरुले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनु भयो । उहाँले भन्नु भयोहामीले हामी संग जे छ त्यही कुरालाई मात्रै समाबेश गर्नु पर्ने , अभिलेखीकरणमा ध्यान दिनु पर्ने, रिसर्च र व्यवस्थापन र एस एस आर रिपोर्ट लेखनमा ध्यान दिन आग्रह गद्रै क्याम्पसको शैक्षिक गुणस्तर वृद्वि गरेर क्याम्पसमा उत्पादीत जनशक्तिलाई विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने जनशक्ति उत्पादन हुने भएकाले समयानुकुल र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख भूपराज अधिकारीले क्याम्पसको व्यवस्थापनका लागि रु १० लाख प्रदान गर्ने कुरा बताउनु भएको थियो । उहाँले भन्नु भयो क्याम्पसको योजना बनाएर नगरपालिकामा आउन समेत आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य महेन्द्र श्रेष्ठ, गल्याङ नगरपालिका वडा नं. ३का वडाअध्यक्ष महेस भट्टराई,भूपू सैनिक संघ स्याङ्जाका अध्यक्ष सु.चन्द्र बहादुर रखाली मगर, नेपाल उत्पिडित दलित उत्थान समिति स्याङ्जाका अध्यक्ष कुल बहादुर विश्वकर्मा,प्राध्यापक संघ गल्याङ बहुमुखी क्याम्पस इकाई सभापति ऋषिराम भण्डारी, स्ववीयू सभापति प्रेम नारायण रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएक्ो थियो ।
२०६० सालमा स्थापना भएको क्याम्पसमा हाल ४२१ विद्यार्थीहरुले अध्यान गर्ने गरेको र त्यहाँ ३७ जना प्राध्यापकहरुले प्रध्यापन गर्ने गरेको र ५ जना कर्मचारी क्याम्पसबाट हाल सम्म ५ सय ९८ जनाविदार्थीहरुले स्नातक तह र ६५ जना विदार्थीहरुले स्नातकोत्तर तह उर्तिण गर्नु भएको छ ।
कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण चापागाईले क्याम्पसको शैक्षिक भौतिक र ३७ लाख ७४ हजार बरावरको आयव्याय सार्वजनिक गर्नु भएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष लालगोपाल अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सञ्चालक समिति सदस्य लक्ष्मण प्रसाद भट्टराईले र कार्यक्रमको सञ्चालन प्राध्यापक ओम बहादुर थापाले गर्नु भएक्ो थियो ।

Facebook Comments Box
TOP