दरौंखोलामा आयोजित भलिवलको उपाधी राङखोला युवा क्लबलाई
भवानी अधिकारी/स्याङजा :
दरौंखोला युवा परिवारको आयोजनामा आयोजित अन्तर वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधी राङखोला युवा क्लवले जितेको छ ।
साताब्यापी प्रतियोगितामा सम्झना युवा क्लव बिरुवा द्धितिय, दरौंखोला युवा परिवार (वी) तृतीय र दरौंखोला युवा परिवार (ए) सान्त्वना भएका छन् ।
प्रतियोगितामा उपाधी विजेताले ७५ हजार, द्धितियले ५० हजार, तृतीयले २५ हजार र सान्तवना हुनेले १५ हजार नगद सहित शिल्ड, प्रमाणपत्र र ट्रफी पाएका छन।
सम्झना क्लबका दलबहादुर गुरुङ बेष्ट प्लेयर भए भने राङखोलाका पवन गुरुङ बेष्ट लिफ्टर भएका हुन । प्रतियोगितामा गाउँपालिकाका ३१ समूहको सहभागिता रहेको क्लवका अध्यक्ष ललित थापाले जानकारी दिनुभयो ।
.

यसैगरी, ३५ बर्षमाथि उमेरको खेल प्रतियोगिताका बिजयी समूहले खसी उपहार पाएका छन ्।
प्रतियोगिताको समापनसंगै पुरस्कार बितरण गर्दे गाउपालिकाका उपाध्यक्ष चिनुमाया गुरुङले खेलाडीको मनोवल बढाउन र खेलकुदका क्षेत्रमा पालिकाको सहयोग निरन्तर रहीरहने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मोहन अधिकारी, वडा अध्यक्ष चित्रबहादुर विष्ट लगायतले बधाई एवं शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
दरौंखोला युवा परिवारका अध्यक्ष ललित थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव घनश्याम अर्यालले गर्नुभएको थियो । युवा परिवारले प्रत्येक बर्ष यस्ता किसिमका प्रतियोगीता गर्दै आएको छ ।
.

समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


