दरौंखोलामा आयोजित भलिवलको उपाधी राङखोला युवा क्लबलाई

भवानी अधिकारी/स्याङजा :
दरौंखोला युवा परिवारको आयोजनामा आयोजित अन्तर वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधी राङखोला युवा क्लवले जितेको छ ।
साताब्यापी प्रतियोगितामा सम्झना युवा क्लव बिरुवा द्धितिय, दरौंखोला युवा परिवार (वी) तृतीय र दरौंखोला युवा परिवार (ए) सान्त्वना भएका छन् ।
प्रतियोगितामा उपाधी विजेताले ७५ हजार, द्धितियले ५० हजार, तृतीयले २५ हजार र सान्तवना हुनेले १५ हजार नगद सहित शिल्ड, प्रमाणपत्र र ट्रफी पाएका छन।
सम्झना क्लबका दलबहादुर गुरुङ बेष्ट प्लेयर भए भने राङखोलाका पवन गुरुङ बेष्ट लिफ्टर भएका हुन । प्रतियोगितामा गाउँपालिकाका ३१ समूहको सहभागिता रहेको क्लवका अध्यक्ष ललित थापाले जानकारी दिनुभयो ।
.

यसैगरी, ३५ बर्षमाथि उमेरको खेल प्रतियोगिताका बिजयी समूहले खसी उपहार पाएका छन ्।
प्रतियोगिताको समापनसंगै पुरस्कार बितरण गर्दे गाउपालिकाका उपाध्यक्ष चिनुमाया गुरुङले खेलाडीको मनोवल बढाउन र खेलकुदका क्षेत्रमा पालिकाको सहयोग निरन्तर रहीरहने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मोहन अधिकारी, वडा अध्यक्ष चित्रबहादुर विष्ट लगायतले बधाई एवं शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
दरौंखोला युवा परिवारका अध्यक्ष ललित थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव घनश्याम अर्यालले गर्नुभएको थियो । युवा परिवारले प्रत्येक बर्ष यस्ता किसिमका प्रतियोगीता गर्दै आएको छ ।
.

समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…