स्याङ्जाको कालीगण्डकीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

khim bdr thapa

यम सोमै :

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय , जिल्ला आयुर्वेद केन्द्र स्याङ्जाको आयोजनामा र कालीगण्डकी गाउँपालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरद्वारा उक्त सेवा केन्द्रको उद्घाटन गरिएको हो। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ४ माझखण्डमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा आयुर्वेदिक सेवा दिने कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।

.

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको तर्फबाट दुई जना कर्मचारी खटाइएको र अन्य व्यवस्थापन गाउँपालिकाले गर्ने गरि आरोग्य केन्द्र सञ्चालनमा आएको समेत प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनु भयो। आरोग्य केन्द्रले निशुल्करुपमा रोगको परिक्षण एवम् आयुर्वेदिक औषधी प्रदान गर्ने योजना तय गरिएको छ। कार्यलय समयमा योगा कक्षाहरु समेत सञ्चालन हुने केन्द्रले जनाएको छ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP