आँधीखोलामा चैते धान रोपाई सुरु
भवानी अधिकारी/स्याङ्जा :
बाझो जग्गामा धान खेतीगरी आत्मनिर्भर बनाउने उदेश्यले आँधीखोला गाउँपालिकामा चैते धान रोपाई सुरु भएको छ ।
पालिकाका अध्यक्ष सुधिरकुमार पौडेल बिहीवार विहान धानखेतमा पुगेर वीउ रोपेर रोपाई शुभारम्भ गर्नुभएको हो । त्यसपछि यहाँका स्थानीय महिला तथा पुरुषले खेत खनजोत सहित रोप्न थालेका हुन ।
आधीखोला गाउँपालिका ५ सेतीदोभानमा २ सय रोपनी जग्गालाई समेटेर पकेट क्षेत्र निर्धारणगरी धान खेती गरिएको हो । किसानलाई तालिम सहित बीउ र यान्त्रिकरणमा अनुदान उपलब्ध गराएको पालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
.

यहाँका ५ वटा टोलका ५४ घरधुरी मिलेर पञ्चस्थली चैते धान पकेट क्षेत्र बनाएका छन् । किसानले भने ब्यक्तिगतरुपमा धान खेती गरेका हुन । किसानलाई चैते धानखेतीमा जागरुक बनाउन पालिकाले धान वीउ, मल, यान्त्रिकरण लगायतमा ५० देखि ७० प्रतिशतसम्म अनुदानको ब्यवस्था गरेको छ। पालिकाले ब्याड बनाउने, बीउ जमाउनेदेखि विरुवाको संरक्षण र बीउ रोप्नेसम्मका तालिम उपलब्ध गराएको कृषि शाखा प्रमुख अर्जुन चापागाईले बताउनुभयो ।
खोला नजिकै र सिंचाईको पर्याप्त सुबिधा भएकाले किसानले हर्दिनास १ नामको उन्नत जातको चैते धानको वीउ रोपिएको पकेट क्षेत्र संचालक समितिका अध्यक्ष नारायणप्रसाद उपाध्यायको भनाई छ । अहिले रोपेको धान जेठको अन्तिम वा असारको पहिलो साताभित्र पाक्ने हुदाँ वर्षे धान खेतीमा कुनै असर नपर्ने भएकाले पनि चैते धान खेतीमा किसानहरुका आर्कषण बढेको छ ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


