महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरियो
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोग तथा समन्वयमा कार्यक्रम गरिएको हो । चौध वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले महिलाहरुले आफ्नो पहिचान बनाउनका लागि सँधै तत्पर रहनुपर्ने बताउनुभयो ।
उपप्रमुख तिवारीले जिम्मेवारी सहित सक्रिय भूमिकामा रहन सुझाव दिँदै आवश्यक सहयोगका लागि सँधै तयार रहेको बताउनुभयो । कार्यक्रममा द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले महिला सदस्यहरुबीच भएका समस्या, संभावनाहरुको आदानप्रदान एवं असल अभ्यासका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै परियारले एउटा वडामा भएका असल अभ्यासहरु अन्य वडाहरुले अनुशरण गर्दै आगामी दिनमा नीति तथा कार्यक्रमहरु बनाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उपप्रमुख तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन वडा नं. १ की वडा सदस्य सीता विकले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


