महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरियो

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोग तथा समन्वयमा कार्यक्रम गरिएको हो । चौध वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले महिलाहरुले आफ्नो पहिचान बनाउनका लागि सँधै तत्पर रहनुपर्ने बताउनुभयो ।
उपप्रमुख तिवारीले जिम्मेवारी सहित सक्रिय भूमिकामा रहन सुझाव दिँदै आवश्यक सहयोगका लागि सँधै तयार रहेको बताउनुभयो । कार्यक्रममा द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले महिला सदस्यहरुबीच भएका समस्या, संभावनाहरुको आदानप्रदान एवं असल अभ्यासका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै परियारले एउटा वडामा भएका असल अभ्यासहरु अन्य वडाहरुले अनुशरण गर्दै आगामी दिनमा नीति तथा कार्यक्रमहरु बनाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उपप्रमुख तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन वडा नं. १ की वडा सदस्य सीता विकले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…