मिर्गौलाका बिरामी किसोरको उपचारका लागि गाँउलेले उठाए झण्डै ३ लाख ।

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २६ माघ २०७७, सोमबार १९:१३

वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० का १८ बर्षका किसोर केशव थापाको उपचारका लागि गाँउलेहरुले झण्डै ३ लाख रकम संकलन गरेकाछन् । मिर्गौलामा समस्या आए पछि लामो समय देखि उपचाररत रहेका थापाको मिर्गाैला नै फेर्नु पर्ने अवस्था रहेको परिवारले जनाएको छ ।
भूकम्प तथा पहिरोबाट बिस्थापित रहेको परिवारको आर्थिक अवस्था निक्कै कमजोर रहेको भन्दै गाँउलेहरुले दुई लाख ९३ हजार नौं सय १५ रुपैया संकलन गरि परिवारलाई हस्तन्तरण गरेका हुन् ।
गाँउलेहरुको प्रयासमा सात ओटा समूह बनाएर बिभिन्न ठाँउमा रकम संकलन गरिएको स्थानीय खेमानन्द भट्टराईले जानकारी दिनुभयो ।
बिरामी केशव थापाको गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको उहाँका बुवा ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।
ठूलो धनराशी संकलन भएको भन्दै गाँउलेहरुलाई धन्यवाद दिदै ज्ञान बहादुरले सवै रकम दाताहरु प्रति आभार प्रकट गर्नुभयो ।

रकम संकलन गर्ने समूह र संकलनकर्ताहरुको बिबरण यस्ताे छ :
फोक्सिङ,पण्डीतथोक, झेडीथोक,बर्तुङ, मदिखोलाको पल्लोटोलमा घर दैलो गर्दै रु ८८ हजार आठ सय संकलन गरिएको छ । संकलनमा खेमानन्द भट्टराई,गुरु प्रसाद ढकाल,हरि प्रसाद पंगेनी, नारायण प्रसाद पंगेनी,तारा प्रसाद पंगेनी,डाँसु नारायण पंगेनी,खिम बहादुर झेडी,पूर्णचन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै बैडी,पिपलटारी,पाठखोला,फूलवारी गेष्टहाउस क्षेत्रबाट रु ३८ हजार तीन सय ५५ रुपैया संकलन गरिएको छ । सो रकम संकलनमा सिर्जना पौडेल,अम्विका डुम्रे,खुना पौडेल,नन्दु पौडेल,राधा गिरी, शुष्मा वोस्ती डुम्रे,गीता अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसैगरी भूम्रे,क्याम्पसरोड,भकुण्डे ठाडो लाईन लगायतको ठाँउबाट रु २९ हजार सात सय ९५ रुपैया संकलन गरिएको छ । रकम संकलनमा कल्पना गौतम पंगेनी,अम्विका पंगेनी,सुस्मिता शर्मा पंगेनी,ममता पंगेनी, सुधा पंगेनी लगायतको सहभागिता रहेको थियो ।

यस्तै भुम्रेचोक,पेन्सन क्याम्प,पिसजोन लगायतका ठाँउबाट रु ११ हजार आठ सय ४० रुपैया संकलन गरिएको छ । जसमा खिना पंगेनी,जमुना डुम्रे,राधिका डुम्रे,पेमा डुम्रे लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै झोलुङ्गेबजार लगायतका ठाँउबाट रु तीन हजार एक सय संकलन गरिएको छ जसमा कला डुम्रे,बसु डुम्रे,शोभा डुम्रे,कल्पना डुम्रे लगायतको सहभागिता रहेको थियो ।

यो पनि पड्नुहोस..  गरिवी निवारणको लागि दीगो उत्पादन वृद्धि अपरिहार्य-नगरप्रमुख खाँण ।

उता पाईनिअज माविमा २०६९ सालमा कक्ष १० मा अध्ययन गरेका तथा सोही बर्ष एसएलसी दिएकाहरुबाट रु ७८ हजार दुई सय पाँच रुपैय संकलन भएको छ । वालिङ १० का युवा आकास सारुको सक्रियतामा सो रकम संकलन भएको बताईएको छ । सारुले आफ्ना साथीहरुको समन्वयमा रकम संकलन गर्नु भएको हो ।

याे पनि पढ्नुहाेस् : भूकम्पले भत्काएको घर पहिरोले लग्यो,कमाउने उमेर हुँदै गएको छोराको मिर्गौला फेल !

यसैगरी सगरमाथा युवा क्लव भिराले, लाखुडाँडा,बासपानी,लौडाँडा,तल्लो बासपानी लगायतका ठाँउबाट रु २८ हजार एक सय ९५ रुपैया संकलन गरिएको छ । स्थानीय पुनम गाहा र स्नेहा थापाको सक्रियताम रकम संकलन गरिएको हो ।

त्यस्तै हाल कतारमा रहेकाहरु नवराज पंगेनीले रु पाँच हजार ५५, खेमनारायण खनाल बाट रुपाँच हजार ५५,श्रीधर मल्लले रु दुई हजार पाँच सय र बिक्रम मल्लले रु दुई हजार पाँच सय उपलव्ध गराएका रकम संकलन कर्ता गुरु प्रसाद ढकालले जानकारी दिनुभयो ।

परिवारले रकम संक्लन तथा पोखरामा बिरामीको उपचार गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै सालिकराम गैह्रे आँधीखोला अर्सारोटी मठ्ठीलाई बिशेष धन्याद दिएको छ ।
१८ बर्षीय किसोर केशवको जीवन रक्षाका लागि उहाँका आमा ईन्द्रा कुमारी खवासको नाममा गरिमा बिकास बैंक वालिङ शाखामा खोलिएको ००१०१३०००००९४५०००००१ नम्वरको खातामा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

.

Facebook Comments Box

धेरै कमेन्ट गरिएका