गल्याङ नगरपालिकामा व्यवस्थित बसपार्क बनाईदै,गरियो शिलन्यास
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा बसपार्क निर्माणका लागि शिलान्यास गरिएको छ । गल्याङ नगरपालिका वडा नम्बर ३ र ११ मा पर्ने फलाङ–मुडकिल्लामा बसपार्क निर्माणका लागि शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरको विकासका लागि यो अर्को एउटा महत्वपूर्ण काम भएको बताउनुभयो ।
गल्याङबजारलाई व्यवस्थित बनाउनका लागि यसले महत्वपूर्ण काम गर्ने उहाँको भनाई छ ।
नगरप्रमुख अधिकारीले यात्रु र सवारीचालकको हितलाई ध्यानमा राखी बसपार्क निर्माण गर्न लागिएको भन्दै छिट्टै सम्पन्न गर्नका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराई, वडा नम्बर ११ का अध्यक्ष शंकरदेव अधिकारी सहित अन्य जनप्रतिनिधि र स्थानीय समाजसेवी, बुद्विजिवीको उपस्तिथि रहेको थियो । बसपार्क निर्माणका लागि घुम्तीहरु बनाउने काम सुरु गरिएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


