७१ औं प्रजातन्त्र दिवशका अवसरमा गल्याङबजार सरसफाई
गल्याङ : ७१ औं प्रजातन्त्र दिवशका अवसरमा गल्याङबजार सरसफाई गरिएको छ । गल्याङ नगरपालिकाको आयोजनामा प्रजातन्त्र दिबशका अवसरमा बजार सरसफाई गरिएको हो ।
सरसफाई अभियानको उद्घाटनका अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बजार एक दिन मात्रै सफा गरेर नहुने भन्दै आफ्नो फोहोर आफै व्यवस्थापनमा लाग्न सके फोहोरको मात्रामा कमी आउने बताउनुभयो ।
उहाँले फोहोर व्यवस्थापनका लागि गल्याङ नगरपालिकाले पनि विशेष योजना बनाइरहेको भन्दै यस कार्यलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘बाटोमा हिड्ने क्रममा व्यक्तिले जानेर नजानेर फोहोर गरिरहेको हुन्छ । यसलाई कम गर्न सकेमा पनि फोहोर धेरै कम हुन्छ ।’
उहाँले प्रजातन्त्र दिवशका अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको भन्दै सधैं यसलाई निरन्तरता दिन स्थानीय आफै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको समापनका अवसरमा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले गल्याङ बजार सरसफाईको क्रममा बजारबासीको राम्रो साथ रहेको बताउनुभयो ।
उहाँले यसरी नै आफ्नो घर अगाडी दैनिक रुपमा सफा गरिएमा फोहोरको मात्रा धेरै कम हुने बताउनुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले गल्याङबजारलाई सरसफाईमा विशेष ध्यान दिन बजारवासीलाई आग्रह गर्नुभयो ।
उहाँले बजार सफा भएमा बाहिरी व्यक्तिलाई पनि फोहोर गर्ने मनसाय नहुने भएकाले आफै बढि जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


