गल्याङमा दोश्रो चरणको कोरोना विरुद्वको खोप अभियान सुरु
गल्याङ : नेपाल सरकारको नीति बमोजिम दोश्रो चरणको कोभिड १९ विरुद्वको खोप अभियान स्याङ्जाको गल्याङमा सुरु भएको छ ।
गल्याङ नगर अस्पतालमा जनप्रतिनिधि, कर्मचारी र पत्रकारलाई कोरोना विरुद्वको खोप लगाउने कार्यक्रमको सुरु भएको हो ।
संघीय सरकारको दोश्रो चरणको खोप लगाउने अभियान अन्तर्गत मंगलबार र बुधबार गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा पत्रकारहरुलाई खोप लगाउने अभियान सञ्चालन भैरहेको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले खोप लगाई कार्यक्रमको शुभारम्भ गरिएको छ ।
सो अवसरमा नगरप्रमुख अधिकारीले सबै नगरवासीको पहुँचमा खोपको मात्रा पुरा गर्न आफुले पहल गर्ने प्रतिबद्वता जनाउनुभयो ।
उहाँले कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिनका लागि यो खोप अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘संघीय सरकारबाट चाहिएजति खोप नआएमा नगरपालिकाले नै व्यवस्थापन गरेर भएपनि सबै नगरवासी सम्म खोप पु¥याउने लक्ष राखिएको छ ।
मंगलबारको अभियानमा यो समाचार तयार पार्दासम्म गल्याङ नगरपालिकाका एक सय १६ जनाले र कालीगण्डकी गाउँपालिकाका एक सय २६ जनाले खोप लगाएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाका विपिन कोइरालाले जानकारी दिनुभयो । बुधबार पनि खोप अभियान जारी रहनेछ ।
पहिलो चरणको खोप अभियान अन्तर्गत यसअघि स्वास्थ्यकर्मीलाई कोरोना विरुद्वको खोप लगाइएको थियो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


