वालिङमा प्रविधिको प्रयोग गरी दुनाटपरी उत्पादन गरिदै ।
वालिङ :
वालिङमा प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम शुरु भएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ छेउडाडा तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले स्थानीय स्रोत साधनको सही उपयोग गर्ने रणनीतिलाई नगरपालिकाले जोड दिएको बताउनु भयो । उहाँले भन्नुभयो, “स्थानीय स्रोतको सही र दीगो उपयोगले मात्रै आर्थिक प्रगती सम्भव छ ।”
स्थानीय स्तरमा सहजै पाइने कच्चा पदार्थको प्रयोग गरी दुनाटपरी बनाउन सकिने भन्दै नगर उपप्रमुख तिवारीले प्लाष्टिकजन्य उपभोगलाई क्रमश कम गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।
कोभिड १९ को प्रभावका कारण धेरैको रोजगारी गुमेको बताउदै तिवारीले थप्नुभयो,“अव आफै स्वरोजगार बन्नेगरी अगाडि बढ्नुहोस् नगरपालिकाले सहयोग गर्छ”
.

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत व्यवशायीक रुपमा दुनाटपरी उत्पादन गर्ने लक्ष्यका साथ तालिम शुरु भएको हो । तालिममा स्थानीय छेउडाँडा शील्पकला समूहले सहजीकरण गरिरहेको स्थानीय समाजसेवी तथा कार्यपालिका सदस्य गीता रणपालले जानकारी दिनुभयो ।
.

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले स्थानीय उत्पादन दुनाटपरीको वालिङमा राम्रो सम्भावना रहेको बताउनु भयो । नयाँ कामको थालनी प्रति पंशसा गर्दै अधिकृत ज्ञवालीले कोभिड १९ को कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउनको लागि गतिलो उदाहरण हुने भनाई राख्नुभयो । सामुहिक रुपमा काम गर्दा आम्दानी धेरै लिन सकिने ज्ञवालीको भनाई छ ।
.

कार्यक्रममा बेल्दै वडा नम्वर ८ का अध्यक्ष कमल प्रसाद सुवेदीले वडाको तर्फबाट व्यवसायीक उत्पादन गराउनको लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन गरेको बजार सम्म पुर्याउनका लागि सहजीकरण गर्ने बताउनु भयो । आफूहरु गाँउगाँउमा उत्पादन बढाउनेसँगै बजारीकरणमा समेत जोड दिदै आएको अध्यक्ष तिवारीको भनाई छ ।
सो अवसरमा नगरकार्यपालिका सदस्य युगमाया पंगेनी, युवा समाजसेवी लील बहादुर रणपाल, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
तालिममा ३० जनाको सहभागिता रहेको छ । तीन दिन सम्म चल्ने तालिममा सुकुना थापाले प्रशिक्षण दिनुहुने संस्थाले जनाएको छ ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


