आँधीखोला गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न ।

aandhikhola gaupalika

स्याङ्जा : आँधीखोला गाउँपालिकाको आठौं गाउँ सभा शुक्रवार सम्पन्न भएको छ ।
सभामा बाेल्दै आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले पालिकामा विकासले गति लिएकाे बताउनु भयाे । काेभिड १९ काे प्रभावलाइ छल्दै पालिकाकाे समग्र विकासमा अाफूहरूकाे ध्यान गएकाे अध्यक्ष पाैडेलकाे भनाइ छ । अहिलेको अवस्थामा ७५ प्रतिशत काम सम्पन्न गर्नुले यसलाइ पुषटी गरेकाे उहाँकाे भनाइ छ ।

सभामा उपाध्यक्ष शर्मिला पौडेलले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक तथा विनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार आँधीखोला गाउँपालिकाको चालू खर्च २ करोड ३२ लाख (३२ प्रतिशत), पुँजीगत खर्च २ करोड २७ लाख (१७ प्रतिशत) रहेको छ भने संघीय सरकार सशर्त अनुदान तर्फको खर्च ६ करोड ५० लाख (३१ प्रतिशत) रहेको छ ।


सभाले आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को शंसोधीत बजेट मन्तव्य, जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ ।

सभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पाैडेल, बिधान समितीका सभापति रामचन्द्र पाैडेल लगायतले बाेलेका थिए ।

Facebook Comments Box
TOP