महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा सञ्चार सीप तालीम
तोलाकान्त बगाले/वालिङ:
वालिङका निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तीन दिने नेतृत्व तथा सञ्चार
सीप सम्बन्धी तालीम प्रदान गरिएको छ । वालिङ नगरपालिकाले आफ्ना महिला
जनप्रतिनिधिहरुको क्षमता विकास तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्नका
लागि तीन दिने तालीमको आयोजना गरेको हो ।
तालीमको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले
नेतृत्व विकास तथा सञ्चार विकास तालीमले महिला जनप्रतिनिधिहरुलाई थप
क्षमतावान बनाउने भन्दै तालीमबाट सिकेका सीपलाई कार्यान्वयनमा ल्याउन सुझाव
दिनुभयो ।
.

जनप्रतिनिधिहरु फरक फरक क्षेत्रका नागरिकहरुसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने
भएकाले पनि उहाँहरुलाई थप क्षमतावान बनाउँदै नेतृत्व गर्न सक्ने बनाउनका लागि
तालीमको आयोजना गरिएको अधिकृत ज्ञवालीले बताउनुभयो ।
नगरका १४ वटा वडाबाट निर्वाचित महिला जनप्रतिनिधिहरुसहित ३० जनाको सहभागिता
रहेको तालीममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारी लगायतले
सहजीकरण गर्नुहुनेछ । नगरपालिका सामाजिक विकास समिति संयोजक युगमाया
पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर माधव
न्यौपानेले र स्वागत शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले गर्नुभएको थियो
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


