पुतलीबजार नगरपालिकाको आठौं नगरसभा एक कार्यक्रमका विच सम्पन्न

स्याङ्जा : पुतलीबजार नगरपालिकाको आठौं नगरसभा एक कार्यक्रमका विच सम्पन्न भएको छ । पालिकाको नगरसभा जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको सिटीहलमा सम्पन्न भएको हो । नगरसभामा नगरप्रमुख सीमाकुमारी क्षेत्री, उपप्रमुख महेश पुरी र बिद्यायन समितिका संयोजक ख्यामनारायण अधिकारीले प्रस्तुत गरेका कार्यसूची पारित भएका छन् । सभामा नगरप्रमुख क्षेत्रीले आर्थिक विकास, स्वास्थ्य, वन वातावरण, विपद ब्यवस्थापन र सरसफाई, भौतिक पूर्वाधार, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन, राजश्व परिचालन तथा आन्तरिक आयका बिभिन्न बिषयगत बुदा प्रस्तुत गरेकी थिईन् ।
यसैगरी, उपप्रमुख पुरीले आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक तथा बिनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आ.व.का लागि आन्तरिक र वाह्यगरी ९१ करोड ९५ लाख ४० हजार आय हुने अनुमान गरिएकोमा पुस मसान्तसम्म सामाजिक सुरक्षा सहित ४३ करोड ५७ लाख २४ हजार निकासा भएको र चालुतर्फ १९ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ ३ करोड ४३ करोड २१ ह्जा र सामाजिक सुरक्षातर्फ ४ करोड १८ लाख ८ हजार खर्च भएको जनाइएको छ । सभाले पुतलीबजार नगरपालिकाको आर्थिक कार्यबिधी पहिलो संसोधन बिधेयक २०७७, खानेपानी तथा सरसफाई बिधेयक २०७७ र घरजग्गा बहाल कर संकलन बिधेयक २०७७ पारित गरेको छ । तिनवटै बिधेयक बिद्यायन संयोजक अधिकारीले प्रस्तुत गरेका थिए ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…