‘२६ गते पार्टीका कुनै कार्यक्रम छैन भ्रममा नपर्नुहोला’-नेकपा गल्याङ अध्यक्ष अधिकारी
केपी खनाल/गल्याङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगर कमिटिका अध्यक्ष नारायण अधिकारीले पुस २६ गते गल्याङमा पार्टीको कुनै कार्यक्रम नभएको बताउनु भएको छ ।
उहाँले नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट नगरपालिका भित्र कुनै कार्यक्रम नगरिएको स्पष्ट पार्नुभयो ।
पत्रकारहरुसँगको कुराकानीमा अधिकारीले सामाजिक सञ्जालमा प्रचार गरी केही व्यक्तिले गुटको भेला गर्न खोजेको हुन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘पार्टी कमिटिले कुनै प्रकारको कार्यक्रम गरेको छैन । त्यसैले पार्टीमा आबद्व कोही पनि कमरेडहरु भ्रममा नपर्न म आग्रह गर्दछु ।’
आफु पार्टीलाई एकताबद्व बनाएर लैजाने पक्षमा रहेको भन्दै अध्यक्ष अधिकारीले स्याङ्जाको गल्याङ बजारमा गर्ने भनिएको कार्यकर्ता भेला तथा प्रशिक्षण पार्टीको नभई गुटको भएको स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीलाई विधि पद्वतिमा लैजाने र एकताबद्व गरी पार्टीको रक्षा गर्नुपर्ने बेलामा केही व्यक्ति फुटाउने अभियानमा रहेको आरोप लगाउनुभयो ।
पार्टीलाई विभाजनमा पु¥याउन देशी विदेशी शक्ति क्रियाशिल रहेको भन्दै उहाँले यसबाट नझुक्किन र पार्टीको आधिकारिक बैठक, भेला तथा प्रशिक्षणमा मात्रै सहभागी हुन आग्रह गर्नुभयो ।
पार्टी सदस्यले पार्टीको विधि विधान र नियमहरुको पालना गर्नुपर्नेमा जोड दिदै उहाँले अनधिकृत रुपमा कसैले भेला गरेमा त्यो पार्टीलाई मान्य नहुने बताउनुभयो ।
व्यक्ति विशेष र गुटको भेलामा सहभागी नहुन र पार्टीको आधिकारिक कार्यक्रममा सबैलाई समेटेर लैजाने पक्षमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


