ओली अधिनायकबादका नाईके : नेता गुरुङ, सयबढि काँग्रेसमा प्रबेश ।

nc aandhikhola


प्रकाश डोटेल/स्याङ्जा :

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलि अधिनायकबादका नाईके भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनबहादुर गुरुङ्ले बताएका छन् । ओलीले जनमतलाई अपमान गरेर अधिनायकबाद बन्नका लागि संसद विघटन गरेर असबैधानिक कदम चालेको गुरुङ्ले बताए ।

प्रधानमन्त्री पद जाने भयो भन्दै आन्तरिक कलहका कारण संसद विघटन गर्ने ओलि राणा राजा भन्दा पनि अधिनायक बन्न खोजेको बताउँदै स्याङ्जाको आँधीखोला गाउँपालिकामा काँग्रेसद्धारा आयोजित कार्यक्रम सम्बोधन गर्दै नेता गुरुङ्ले भने, “संसद विघटन गरेर ओलिले जनमतको अपमान सहित राष्ट्रघाती काम गरेका छन् ।” ओलिको यो असबैधानिक कदमलाई ईतिहासले धिकार्ने गुरुङ्को दाबी थियो ।

“नेपालका कम्यूनिष्टहरु जनतालाई नौला–नौला नारामा भुलाएर चुस्ने काम गरेका छन् ।” केन्द्रिय सदस्य गुरुङ्ले भने, “भोट माग्ने बेला चर्का नारा दिने तर सरकारमा पुगेपछि भ्रटचारमा लिप्त हुने यो कम्यूनिष्टको चरित्र हो ।” सर्वहारालाई धनि बनाउछु भन्ने कम्यूनिष्टहरु सर्वहारालाई धनि होईन की धनिलाई सर्वहारा बनाउने काममा माहिर भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य भुमिबहादुर गुरुङ् ‘विश्व’ ले पद र पैसा नपाएर दुई समूहमा विभाजन भएको नेकपा नेताहरु जनता भुलाउन आरोप प्रत्यारोपमा मात्रै लागेको बताए । जनतालाई सुविधा दिन सत्तामा पुगेको नेकपा भ्रष्टचार र पदमा भुलेको गुरुङ्ले बताए ।

सभालाई सम्बोधन गर्दै स्याङ्जा काँग्रेसका कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’ ले संसद विघटन गरेर असबैधानिक कदम चाल्ने ओलि र सडकमा ओईलो गर्ने प्रचण्ड–माधव समूह अनुहार फरक भएपनि चरित्र उस्तै भएको जिकिर गरे । नेकपाको दुई समूहमा रहेका नेताहरु अनुहार मात्रै फरक हो काम गर्नमा चरित्र उस्तै छ, जनता अबपनि भ्रममा नपरे हुन्छ सभापति रानाले आग्रह गरे ।

काँग्रेसका युवा नेता तथा संविधानसभा सदस्य राजु थापाले काँग्रेसका नेतृत्वमा संविधान बनाएर निर्वाचन गरेर झण्डै दुईतिहाई मत पाएको नेकपालाई सत्ता “बाँदरको हातमा नरिवल” भएको बताए । राष्ट्रलाई अप्ठ्यारो र निकास दिन पर्दा काम लाग्ने एक मात्र पार्टी काँग्रेस नै रहेको थापाले बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरतप्रसाद लम्साल, काँग्रेस महाधिबेशन प्रतिनिधि प्रेमराज पौडेल, लेखमाया पौडेल, काँग्रेस स्याङ्जाका जिल्ला सदस्य पृथ्वीप्रसाद पोख्रेल, महिला नेतृ मञ्जु पनेरु, प्रध्यापक डा. यामबहादुर पौडेल क्षेत्री, काँग्रेस पुरना नेता प्रजातन्त्र सेनानी टिकारा ढकाल, बेदप्रसाद पनेरु, ट्रेड युनियनका नेता दीर्धनारायण शर्मा लगाएतका वक्ताले कम्यूनिष्टहरुले देशलाई बर्बाद गरेको बताएका थिए ।
आँधीखोला गाउँपालिका नेपाली काँग्रेस सभापति नारायणप्रसाद पौडेल ‘सास्त्री’ को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन काँग्रेसका नेता नविन ढकाल र कलाधर पौडेलले संचालन गरेका थिए भने स्वागत नरबहादुर जि.टी.ले र कार्यक्रमको समन्वय विष्णुप्रसाद पौडेलले गरेका थिए ।

नेकपा छाडेर सयबढि काँग्रेस प्रबेश

नेकपा नेतृत्वले दम्बि शैलीमा राष्ट्रलाई आघात पु¥याएपछि देशभर नेकपा छोडेर काँग्रेस प्रबेश गर्ने क्रम बढ्दै गएको छ । नेकपा छोडेर शुक्रबार मात्रै स्याङ्जाको आँधीखोला गाउँपालिकामा हेमन्तराज न्यौपानेको नेतृत्व एक सय बढि नेता तथा कार्यकर्ता काँग्रेस प्रबेश गरेका छन् ।

स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा आँधीखोला गाउँपालिका नेकपाको बाहुल्यता रहेपनि पछिल्लो समय नेकपा छाडेर काँग्रेस प्रबेश गर्ने लहरनै चलेको छ । न्यौपाने सहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रबेश गरेपछि आँधीखोलामा राजनीतिक रुपमा नेकपालाई ठूलै झडका लागेको छ ।

देश बनाउँछौं भन्ने कम्यूनिष्टको भ्रम रहेछ : न्यौपाने

आँधीखोला गाँपालिकाका नेकपाका पुराना नेता तथा बौद्धिक व्यक्तित्व हेमन्तराज न्यौपानेले काँग्रेस प्रबेश गर्दै नेपालका कम्यूनिष्टहरुले देश बनाउँछु भनेर जनतामा भ्रम सृजना गरेको दाबी गरे । देश बनाउँछौ भनेर जनमत लिएका कम्यूनिष्टले देशलाई भड्खालोमा हालेको न्यौपानेले बताए ।

चाहेर नचाहेर देशलाई निकास र विकास दिने पार्टी नेपाली काँग्रेस रहेको जिकिर गर्दै नेता न्यौपानेले आफूले काँग्रेस चिन्न ढिलो गरेकोमा पछुतो माने । म आग्रह गर्छु, “अब पनि कम्यूनिष्टको भ्रममा परेर विश्वास गर्नु आफैले आफैलाई धोका दिनु जस्तै हो ।”

“नेपालका कम्यूनिष्टहरुले देशलाई होईन आफूलाई चाहि धनि बनाउँछन् ।” न्यौपानेले भने, “दुईतिहाई नजिकको मतको ओलि नेतृत्वको सरकार देश बनाउन होईन नेताहरुलाई महलमा बस्न र करोडौका गाडीमा गुडाउन मात्रै केन्द्रित भए ।” ओलि सरकारको असबैधानिक कदम अलोकतान्त्रिक र अधिनायकबाद रहेको न्यौपानेले बताए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP