पार्टीका राष्ट्रपति साझा बन्न सकेनन् राजसंस्थालाई अभिभावकत्व मानौं : राप्रपा अध्यक्ष थापा
भवानी अधिकारी/स्याङ्जा :
राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङजाले आइतवार झण्डोत्तलन तथा चुनाव चिन्ह ‘हलो’ को अनावरण कार्यक्रम गरेको छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले झण्डोत्तलन गर्दै नेपालको माटो सुहाउदो गणतन्त्र नरहेको बताउनुभयो । नेपाल जस्तो मुलुकका लागि संघ, प्रदेश र स्थानीय तहका सयौं कर्मचारी र जनप्रतिनिधी पाल्न नसक्ने जनाउनुभयो ।
लोकतन्त्रका निम्ति अब कहिल्यै लड्नु पर्देन भन्नेहरु आज किन सडकमा पलेटी कसेरे बसेको देख्दा कुनै पाटीवाट बनाइएका अभिभावकले अभिभावकत्वको जिम्मेवारी पुरा गर्न नसकेको बताउनुभयो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता घोषणा गर्ने नेताहरु नै देशलाई सर्वसत्तावादको खतरा भो भन्दै सडक आन्दोलनमा उत्रनुले राजसंस्थाको अभिभावकत्व खोजेकोमा जोड दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीका कारणले गर्दा देशमा खतरा भएको भन्दै प्रचण्ड, माधवकुमार नेपाल बिरोधमा उत्रनु लज्जाबोध हो । अध्यक्ष थापाले भन्नुभयो ‘नयाँ नेपाल निर्माणका नाउमा निर्दोष १७ हजार मानिस मान्छे मार्ने र मराउने काम गरेर महान क्रान्तिकारिता गर्नेहरु रातारात अरबपति बने भने बन्दुक बोक्नेहरुलाई मलेशिया र अरबका खाडीमा पसिना बगाउन बाध्य बने।’
कम्यूनिष्ट र कांग्रेसको बिकल्पमा राप्रपाको आवश्यकता रहेको बताउदै उनले ३ चिरामा परेको पार्टीलाई एकिकृतगरी सनातन हिन्दुराज्य सहित राजसंस्थाको आवश्यकता औल्याउनुभयो । अमुक पार्टीका राष्ट्रपति साझा बन्न नसकेको बताउदै राजसंस्थालाई निश्चित कानूनी दायराभित्र ल्याएर अभिभावकत्व दिनुपर्ने उहाको भनाईछ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केपी ओलीको असफलतावाट मुक्ति पाउन ताजा जनादेशमा जानु पर्ने उहाको भनाई छ ।
कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं पूर्वमन्त्री तोरणबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हेमजंग गुरुङ, केन्द्रीय सदस्य द्धय मदनबहादुर कार्की र जयलाल पुन, राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन अध्यक्ष हिक्मतजंग कार्की लगायतले बोल्नु भएको थियो ।
राप्रपा जिल्ला अध्यक्ष भूमिजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ऋषिराम लामिछानले स्वागत एवं सचिव विश्वबन्धु पौडेले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…