गल्याङमा निशुल्क स्वास्थ्य शिबिर शुरु, सबै नगरवासीमा स्वास्थ्यको पहुँच पुर्याउछौं : नगरप्रमुख अधिकारी

Healt galyang mun


गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३, बल्पुकमा रहेको नगर अस्पतालमा सोमबार देखि निशुल्क स्वास्थ्य परिक्षण शिबिर सुरु भएको छ ।
गल्याङ नगरपालिका अन्तरगत रहेको नगर अस्पतालको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण शिबिर सञ्चालन भएको हो ।
दुई दिन सम्म चल्ने शिबिरको पहिलो दिन आज महिला तथा स्त्रि रोग सम्बन्धी समस्या भएका विरामीहरुले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।
शिबिरमा दुई सय १३ जना महिलाहरुले निशुल्क स्वास्थ्य परिक्षण गराएको अस्पतालले जनाएको छ ।
लुम्बीनी मेडिकल कलेज प्रवास पाल्पाका बरिष्ठ महिला तथा स्त्रि रोग विशेषज्ञहरुको टोलीले महिलाहरुको रोगको स्वास्थ्य परिक्षण गराएका छन् ।
सोमबार शिबिरमा सहभागी हुन टाढाबाट आउने विरामीहरुका लागि नगरपालिकाले सवारीसाधनको निशुल्क व्यवस्था समेत गरेको थियो ।
शिबिरको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सबै नगरवासीको पहुँचमा निशुल्क स्वास्थ्यको पहुँच पु¥याउने बताउनुभयो ।
उहाँले घर घरका सबै नागरिकलाई स्वस्थ बनाउनका लागि नगरपालिकाले विशेष अभियान चाल्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सबै नगरवासीको पहुँचमा स्वास्थ्यको निशुल्क व्यवस्था गर्नका लागि हामी लागिरहेका छौं । अब तपाईको साथ चाहिएको छ ।’
विरामी भएपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो भएको भन्दै उहाँले त्यसका लागि अर्गानिक खानामा जोड दिनुपर्ने बताउनुभयो ।

.


घर घरमा अर्गानिक खाना र तरकारी उत्पादन गरी कम्तिमा आफुलाई मात्रै पु¥याउन सकेमा पनि विषादीयुक्त खान नपर्ने र यसले स्वस्थ रहन महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई छ ।
नगरप्रमुख अधिकारीले सामान्य रोगको बेलैमा परिक्षण नहुँदा जटिल किसिमका रोगहरु लाग्न सक्ने भएकाले यस्ता शिबिरहरुको महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका प्रमुख व्यवस्थापक थानापति न्यौपानेले नगर अस्पतालले सधैं सस्तो शुल्कमा अधिकतम स्वास्थ्य सेवा दिन प्रयत्नशिल रहेको बताउनुभयो ।
मंगलबार लुम्बीनी मेडिकल कलेज प्रवास पाल्पाका बरिष्ठ मानसिक रोग विशेषज्ञ चिकित्सकहरुको टोलीले मन डराउने, निद्रा नलाग्ने लगायतका मानसिक समस्या भएका विरामीहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण गर्ने अस्पतालले जनाएको छ । निशुल्क स्वास्थ्य परिक्षण शिबिरमा सहभागी भएर मौकाको फाइदा लिन अस्पतालले सबै नगरवासीमा अनुरोध गरेको छ ।

Facebook Comments Box
TOP