रुखबाट लडेर घाईते भएका सारुलाई नगद सहयोग आउने क्रम जारी ।
गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.९ मनहरीखर्क खहरे निवासी राम बहादुर सारुको छोरा वर्ष २८ को रुक बहादुर सारु कात्र्तिक ४ गते घास काट्ने क्रममा रुखबाट लडेर घाईते भएको र उनको उपचारमा आर्थिक अभावको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रसारण भए पछि उनको उपचारका लागि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । त्यस्तै उनी उपचार पछि निको हुदै गएका र रुक बहादुर अहिले आफै हिडडुल गर्न सक्ने हुनु भएको छ ।
आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्याङ सञ्चार प्रा.लिका कार्यबाहक अध्यक्ष सूर्य प्रसाद चापागाईले देशमा अस्थिरता बढेका कारण समाजमा रहेका दिन दुःखीहरुलाई राज्यले ध्यान दिन नसकेको र देश तथा विदेशमा रहेका युवापुस्ताले आफ्नो खानाको केही अंश कटाएर सहयोग गर्नुल परिवाले जनाएको छ ।
.
उहाले भन्नु भयो यो विश्व महामारीको रुपमा फैलिए कोरोना भाईरसका बेला पनि एक नेपालीलाई परेका समस्यालाई आफ्नै समस्या सम्झेर रुक बहादुरको उपचारका लागि सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद समेत दिनु भयो ।
आर्थिक अभावका कारण उपचार गर्न सकिन भनेर राम बहादुर आफू संघ आएको र आफूले पत्रकारहरुलाई सो कुरा जानकारी दिए पछि सञ्चारकर्मी टिकाराम अधिकारीको पहलमा ६÷७ लाख संकलन भएर घाईते रुकबहादुरको यतिबेला यताउता हिडेको देख्दा खुशी लागेको बताउनु भयो ।
कार्यक्रममा गल्याङ उद्योग बाणिज्य संघका महासचिव कृष्ण प्रसाद भट्टराई, दुबईमा आर्थिक संकलन गर्ने अभियान्ता यादब सुबेदी,अखिल नेपाल प्रबासी श्रमिक मञ्चका महासचिव तेज प्रसाद सुबेदी,गल्याङ एफ.एम का बजार प्रमुख नारायण विश्वकर्मा,समाजसेवी नरेन्द्र अर्याल लगाएतले बोल्नु भएको थियो ।
घाईते रुक बहादुर सारुलाई पहिलो पटकमा २ लाख ५३ हजार ४सय ४८ र दोस्रो पटकमा १लख ७५ हजार ७ सय ४१ र तेस्रो पटकमा ५३ हजार १ सय रुपैया तथा अन्य व्यक्ति तथा संस्थाबाट गरि ६÷७ लाख आर्थिक सहयोग संकलन भएको बिरामी रुक बहादुरका वुवा राम बहादुर सारुले बताउनु भयो । उहाँले भन्नु भयो रुक बहादुरको उपचार अहिले धुलिखेल अस्पताल काठमाडौंमा भएको र छोरालाई सञ्चो हुदै गएको कुरा बताउनु भयो ।
गल्याङ नगरपालिका वडा नं.९ का वडाअध्यक्ष हरिलाल खनालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य युवा समाजसेवी कुशल ढकालले र कार्यक्रमको सञ्चालन लक्ष्मी टेलिभिजनका समाचार प्रमुख तथा गल्याङ पोष्ट साप्ताहिकका सम्पादक टिकाराम अधिकारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…