गल्याङको पिडिखोलामा गरिएको निशुल्क स्वास्थ्य शिबिरमा तीन सय जनाको स्वास्थ्य परिक्षण

health camp

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर छ मा आयोजना गरिएको स्वास्थ्य शिबिरमा तीन सय जना भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका छन् । गल्याङ नगरपालिकाको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिबिरमा तीन सय तीन जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।
वडा नम्बर छ को पिडिखोला डुडेमा रहेको स्वास्थ्य कार्यालयमा भएको शिबिरमा आसपासका क्षेत्रबाट स्वास्थ्य परिक्षण गराउन ठूलो संख्यामा सहभागी भएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शिबिर उद्घाटन समारोहमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सबै नागरिकको पहुँचमा निशुल्क स्वास्थ्य सेवा पु¥याउन नगरपालिका प्रतिबद्व भएको बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाद्वारा सञ्चालन गरिएको गल्याङ नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएसँगै नगरवासीलाई स्वास्थ्यको पहुँचमा पु¥याउन अझै सहज भएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘गल्याङ नगर अस्पतालको क्षमता बढाउने प्रक्रिया भएको छ । यसबाट नगरवासीले अधिकतम लाभ लिने अवस्था बनेको छ ।’
अस्पतालमा दक्ष चिकित्सक रहेको र अझै थप्ने क्रममा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले पोखरामा रहेको गण्डकी अस्पताल र पाल्पामा रहेको लुम्बीनी मेडिकल कलेज तथा काठमाडौंको अस्पतालसँग गल्याङ नगर अस्पतालले मितेरी सम्बन्ध स्थापना गरिसकेको जानकारी दिनुभयो ।
ठूलो रोग लागेका विपन्न परिवारका लागि नगरपालिकाले स्वास्थ्य कोश स्थापना गरी सहयोग गर्ने पनि उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले सबै नगरवासीको अनिवार्य स्वास्थ्य बीमाको नीति लिइएको भन्दै विपन्न परिवारका लागि नगरपालिकाले निशुल्क बीमा गर्ने व्यवस्था मिलाईएको बताउनुभयो । नगरवासीको बीमा गराउने कार्यमा अझै बढि क्रियाशिल हुन स्वास्थ्य बीमा अभिकर्ताहरुलाई आग्रह गर्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमबाट कोही नछुट्ने वातारण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्बर छ का वडाध्यक्ष टिकाराम भुषालले वडावासीको सुविधाका लागि स्वास्थ्य शिबिरको आयोजना गरिएको भन्दै अधिकतम सेवा लिन आग्रह गर्नुभयो ।
उहाँले आगामी दिनमा पनि वडाबासीको स्वास्थ्यको लागि अन्य कार्यक्रमहरु पनि ल्याउने बताउनुभयो ।

Facebook Comments Box
TOP