पुतलीबजारका ५ युवालाई नबिन सोच प्रमाणपत्र
भवानी अधिकारी/स्याङजा :
कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्र्तगत पुतलीबजार नगरपालिकाका ५ जनालाई नविन सोच प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रमाणपत्र हस्तान्तरण गर्दे नगरप्रमुख सीमा क्षेत्रीले नविन सोचलाई ब्यवहारमा उतारी ब्यवसायी बन्न सुझाव दिनुभयो । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम यूएनडीपीको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा नवप्रवर्तनमा आधारितभई उद्यम ब्यवसायमा नविन सोच सहितको कार्यक्रम सुरु गरेका युवाहरुलाई ५० हजार नगद सहित प्रमाणपत्र सहित नगद उपलब्ध गराइएको हो ।
नयाँ सोच सहित दुना टपरी निर्माण गर्ने वडा नं. ५ का तुलसीराम रेग्मी, ह्याचरी मेशिन निर्माण गर्ने वडा नं. ३ का चित्रबहादुर खत्री, अजोला खेती गर्ने वडा नं. ४ का महेन्द्र थापा, वडा नं. ४ का डकनाथ कुखुरा पालन गर्ने रेशम बहादुर गुरुङ र मानवमुत्रवाट मल बनाउने वडा नं. ११ का ज्योती रेग्मीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


