समाजसेवी शर्माद्वारा वालिङ नगरपालिकालाई पन्ध्र लाख बराबरकाे स्वास्थ्य उपकरण प्रदान

Dolraj Sharma help waling

वालिङ :

यहाँका एक समाजसेवीले वालिङ नगरपालिकालाई पन्ध्र लाख बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनुभएको छ । वालिङ ८ काफलडाँडा घर भई काठमाडौंमा बस्दै आउनुभएका समाजसेवी डोलराज शर्मा पंगेनीले आज वालिङ नगरपालिकालाई आईसियू बेड तथा सामान्य शैया उपलब्ध गराउनुभएको छ ।

वालिङ नगरपालिकामा स्वास्थ्यको पहुँचलाई सर्वसाधारणसम्म पु¥याउनका लागि सहज होस् भन्ने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको समाजसेवी शर्माले बताउनुभयो ।

“शैयाको अभावकै कारण अस्पतालमा विरामीको उपचारमा समस्या भईरहेको अवस्थालाई मध्यनजर गरी हामीले आईसियू बेड, सामान्य शैया तथा अन्य उपकरणहरु उपलब्ध गराएका छौं” समाजसेवी शर्माले भन्नुभयो, “स्वास्थ्य उपकरणको सही सदुपयोग गरी सेवा प्रवाह गर्नुहुन नगरपालिकासमक्ष अनुरोध गर्दछौं ।”

.

वालिङ नगरपालिकाले स्वास्थ्यको पहुँचलाई सर्वसाधारणबीच पु¥याउनका लागि तत्पर भईरहेको बताउनुहुँदै प्राप्त सामग्रीको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“उहाँले कोभिड १९ को सङ्क्रमणका समयमा पनि मास्क, सेनिटाईजर, पिपिई सेट उपलब्ध गराएर गुन लगाउनुभएको थियो” नगर प्रमुख खाँणले भन्नुभयो, “अहिले पनि उहाँले नगरपालिकालाई बेडसहित अन्य उपकरणहरु उपलब्ध गराउनुभएकोमा आभार ब्यक्त गर्दछु ।”

नगरपालिकाले वालिङस्थित गह्राैंप्राथमिक अस्पताललाई स्तरोन्नतिको कार्य अगाडि बढाईरहेका बेला बेडहरु उपलब्ध गराएर ब्यवस्थापनका लागि थप सहयोग पुगेको बताउनुभयो ।

प्राप्त उपकरण गह्राैंप्राथमिक अस्पतालमा राखिने नगर प्रमुख खाँणले बताउनुभयो । उहाँले अस्पतालमा २५ सामान्य शैया, ५ शैया आईसियू र १७ शैया प्रसुति गरी ४७ शैया क्षमताको बनाईने बताउनुभयो ।

.

Facebook Comments Box
TOP