वालिङका सबै वडामा पुग्यो आधारभूत स्वास्थ्य सेवा
वालिङ :
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ ।
नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ गाउँमा नै पु¥याउने उद्देश्यले केन्द्रीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“नगरपालिकाका केही वडाहरुमा स्वास्थ्य संस्था रहेपनि चार वटा वडा स्वास्थ्य संस्थाबिहीन थिए” नगर प्रमुख खाँणले भन्नुभयो, “नभएका वडाहरुमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेका छौं ।”
नगरपालिकाका १४ वटा वडामा हाल १७ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । जसमा १५ शैयाको गह«ौं प्राथमिक अस्पतालसहित ९ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्र रहेका नगर प्रमुख खाँणले बताउनुभयो ।
स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरु प्रदान गर्ने गरी अगाडि बढिएको उहाँले बताउनुभयो ।
वालिङमा १५ शैयाको गह«ौं प्राथमिक अस्पताल सञ्चालनमा रहेको र १५ शैयाको वालिङ नगर अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।
“स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधारहरु निर्माणको क्रममा रहेकाले वालिङलाई ‘शैक्षिक र मेडिकल कलेजको हब’ का रुपमा विकास गर्ने उद्देश्य छ” नगर प्रमुख खाँणको भनाई थियो ।
हाल वालिङका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधारभूत स्वास्थ्य सेवाहरु अन्तर्गत विरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवा लगायतका सेवाहरु रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
त्यस्तैगरी गह«ौं प्राथमिक अस्पतालमा आकस्मिक लगायतका दैनिक बिरामी जाँच सेवा, एक्सरे सेवा, २४ सै घण्टा दन्त आँखा परीक्षण सेवासहितका जनस्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान भईरहेको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
“सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेपछि अहिले गाउँमा रहेको स्वास्थ्य संस्थाबाट आधारभूत सेवा तथा आवश्यक परामर्श पाएपछि स्थानीयहरु हर्षित भएको पाएका छौं” शाखा प्रमुख पाण्डेको भनाई थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


