विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण
काठमाडौँ : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । बुधबार दिउँसो अनलाइन कार्यक्रममार्फत दुई पार्टी एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।
एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ ।
पार्टी घोषणा कार्यक्रमअघि बुधबार बिहान साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरूमात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कुल १३० जना केन्द्रीय सदस्य हुने र केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्ने घोषणा पत्रमा उल्लेख छ । त्यस्तै एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ । सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ ।
आगामी ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ ।
पहिले दुई पार्टीका रुपमा रहेका विवेकशील र साझा एकीकरणमार्फत बीचमा एउटै दल भए पनि बीचमा फुटेका थिए । दुई पार्टीबीच एकीकरण गर्ने विषयमा विवेकशीलमा मतदान भएको थियो भने साझाले केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गराएको थियो । तस्बिरः केशव दाहालको फेसबुकबाट ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


