पुतलीबजारद्धारा सहकारीलाई कृषि सामाग्रीहरु हस्तान्तरण
स्याङजा :
पुतलीबजार नगरपालिकाको कार्यालयले एक सहकारीलाई कस्टम हायरीङ सेन्टर अन्तरगत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको नवज्योती कृषि सहकारीलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरुलाई कृषि सामाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरेको जानकारी दिईन् । नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकाले कृषिमा धेरै काम गरेको बताउदै पुतलीबजार कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने बताईन् ।
क्षेत्रीले सहकारीलाई उद्देश्य पुरा गर्न अनुरोध गर्दै पुतलीबजार नगरपालिीकाले अझै कृषिमा लगानी गर्ने बताईन् । कार्यक्रममा थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडा सहित ९ प्रकारका सामाग्री हस्तान्तरण गरिएको थियो ।
सामाग्री बुझ्दै सहकारीका अध्यक्ष हिलबहादुर रानामगरले सामाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थीक सहयोग र सुर्याेदय क्लब बोडखोलाको व्यवस्थापनमा संचालीत कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरर्गत सामाग्री हस्तान्तरण गरिएको हो ।
पुतलीबजार नगरपालिकाले पछिल्लो समयमा कृषकहरुलाई आवश्यकता अनुसार सामाग्री वितरण गर्दै आएको छ । कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनहरु पालिकाकाले विक्रि वितरण गर्ने व्यवस्था मिलाईने जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


