पञ्चमूलमा सिद्धार्थ गुम्बा शिलान्यास, निर्माणमा कांग्रेस नेता विश्वको ५ लाख नगद सहयोग

भवानी अधिकारी/स्याङजा :
नेपाली कांगेसका आमन्त्रित सदस्य भूमिबहादुर गुरुङ विश्वले एकता र सहकार्य बिना विकास, समृद्धी सम्भव नहुने बताउदै विकास निर्माणमा भाइचारा र एकताको आवश्यकता रहेको बताउनुभयो ।
आँधीखोला गाउपालिका १ माझकटेरी स्थित सिद्धार्थ गुम्बाको आइतवार शिलान्यास गर्दै राष्ट्रियता बलियो बनाउन हाम्रा मौलिक परम्परा, धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउदै ज्ञान, धर्म र सत्कर्म गर्नाले यही लोकमा पुण्य कमाइने बताउनुभयो । उहाले भन्नुभयो ‘राम्रो काम गरे स्वर्गमा पुगिन्छ र नराम्रो काम गरे यही दण्डीतभई नर्कमा पुगीन्छ भन्ने कर्मका फल यही जुनीमा भोग्नुपर्छ ।’
कार्यक्रममा महासमिति सदस्य हिरादेवी शर्मा, प्रवक्ता इन्द्र गोदार, फेदिखोला गाउपालिकाका कांग्रेस नेता धरमबहादुर गुरुङ, नेकपा जिल्ला कमिटी सदस्य देवेन्द्र गुरुङ, आधीखोला गाउपालिका १ का अध्यक्ष लोकप्रसाद ढकाल लगायतले गुम्बा निर्माणमा सबैको सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।
गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव गोपाल गुरुङले स्वागत एवं सचिव सुन्दरकुमार गुरुङ्ले संचालन गर्नुभएको थियो । आउदो बर्षको वौद्ध पूर्णिमाका दिन उदघाटन गर्नेगरी गुम्वा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
कुल ७६ लाखको लागतमा निर्माण गरिने गुम्बाका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण स्याङ्जाको ५३ लाख २० हजार र स्थानीयबासीको २२ लाख ८० हजार रुपैया संकलन गर्ने उपभोक्ता समितिले जनाएका छन्।
यसैबीच, गुम्वा निर्माणका लागि कांग्रेस आमन्त्रित सदस्य भूमिबहादुर गुरुङ विश्वले ५ लाख, महासमिति सदस्य हिरादेवी शर्माले ३० हजार, फेदिखोला गाउपालिकाका कांग्रेस नेता धरमबहादुर गुरुङले २५ हजार रुपैंया निर्माण समितिका अध्यक्ष धनबहादुर गुरुङ्लाई हस्तान्तरण गर्नुभएको थियो ।

.

Facebook Comments Box
TOP