मन्त्री अर्याल भन्छिन्, ‘पहुँचवालाबाट नै सरकारी जमीन अतिक्रमण’
काठमाडौं : निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्व मन्त्रीहरु नै सक्रिय रहेको बताएकी छिन् ।
मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउन कर्मचारीले सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिइन् ।
मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गरिन् । मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पद बहाली गरेकी छिन् । नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताइन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


