कस्तो बन्दै छ स्याङ्जामा नेकपा प्रचण्ड-नेपाल समुह,कोही खुल्दै कोही पर्ख र हेरमा…..
स्याङ्जा :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुह अन्तरगतका नेता तथा कार्यकर्ताहरु भेला तथा छलफलमा लागि रहेकाछन् । ओली समूहले जिल्लाका नेता तथा कार्यकर्ताहरु मध्ये झण्डै दुई दर्जन केन्द्रीय सदस्य बनाएको छ ।
नेकपाको प्रचण्ड नेपाल समूह स्याङ्जामा कमजोर रहने आकलन भईरहेका बेला पुराना तथा सक्रिय नेताहरु उक्त समूहमा नै रहेको एक नेताले बताए । श्रोतका अनुशार पुर्व केन्द्रिय सदस्य सोवियत ढकाल पुर्व साँसद हितकाजी गुरुङ र टेकु नेपाली अनुशासन आयोग समूह सदस्य प्रेमनारायण पौडेल प्रदेश सदस्य अमरनाथ रेग्मी र खड्क बहादुर नेपाली जिल्ला कार्य सदस्य रामचन्द्र भट्टराई आधिखोला गाउपालिका उपाध्यक्ष सर्मिला पौडेल लगायत यही समुहमा रहेकाछन् ।
यसैगरी गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारी ,फेदिखोला गाउपालिकाका पार्टी सचिवालय सदस्य खड्कराज सुवेदी, जिल्ला सदस्य तथा युवा नेता सन्तोष केसी , अनेरास्वबियुका पूर्ब जिल्ला अध्यक्ष विश्वनाथ अर्याल,टिकाराम नेपाली जिल्ला सचिवालय सदस्य , तारा प्रसाद भूषाल, तिलकराम विक,धनमाया विक,शेषराज ढकाल,अमृत श्रेष्ठ ,आनन्द पाठक,पुस्पराज बराल, मिन प्रसाद कोइराला, प्रकाश न्यौपाने, वालिङ नगर कमिटी सचिव रमेश अर्याल लगायत दर्जनौ प्रभावशाली व्यक्तिहरु यसै समूहमा आबद्ध रहेको श्रोतले बतायो ।
मन्त्री पद्मा कुमारी अर्यालका कारण नेकपाको ओली समूह जिल्लामा प्रभावशाली रहने दावी उक्त समूहको रहेपनि त्यो केबल हल्ला मात्रै रहेको प्रचड नेपाल समूहका एक नेताले बताए ।
जिल्लामा दुबै समूहले आफूहरु नै आधिकारीक समूह भएको दाबी गरेकाछन् ।
कतिपयले भने पर्ख र हेर भन्नेमा नै रहेको बताईएको छ ।
(यसको बिबरण बिश्लेषण सहित आँधीखोला खबरमा केही दिनमा पढ्न पाईनेछ ।)
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


