मन्त्री अर्यालको जिल्ला स्याङजामा नेकपा-ओली समुह नै अल्पमतमा ।

NCP_prachanda oli Syangja

स्याङ्जा :
स्याङ्जामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको जिल्लास्तरीय भेला गरिएको छ । नेकपाको १४५ सदस्यीय जिल्ला कमिटि छ । जसमध्ये आइतबार भएको भेलामा ८१ जनाको सहभागीता थियो । जिल्ला सचिवालय सदस्य मिनप्रसाद कोइरालाका अनुसार ११ वटा पालिकाका ५ जना अध्यक्ष र ७ जना सचिवको सहभागीता थियो ।
जिल्ला अध्यक्ष पुर्व माओवादीलाई सहमति भएको भएपनि पारस शर्मा गैह्रे अहिले ओली खेमामा उभिएका छन् । उनी बादल लाइनका हुन् । उनी ओली समूहमा गए पनि जिल्लामा खासै फरक नपरेको प्रचण्ड नेपाल समूहका नेताहरुले बताएकाछन् । भेलामा पुर्व माओवादीका पुष्पकमल दाहाल र पूर्व एमालेबाट माधवकुमार नेपालको लाइनका नेता तथा कार्यकर्ता सहभागी बनेका थिए । भेलामा नेकपाकी केन्द्रिय सदस्य अमृता थापामगर, नेकपाको गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, नेकपाका नेता शोभियत ढकालले सम्बोधन गरेका थिए ।
पूर्व दाहाल लाइनका शैलेन्द्र घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने, नेपाल लाइनका रामचन्द्र भट्टराईले संचालन र सन्तोष केसीले स्वागत गरेका थिए । भेला तमु समाज भवन प्रगतिनगरमा आयोजना गरिएको थियो ।
भेला केन्द्रिय कमिटिको निर्देशन अनुसार आयोजना गरिएको कोइरालाले बताए । उनका अनुसार १४ गते संसद विघटनको विरुद्ध विरोध प्रर्दशन गर्ने गरि छलफल भएको छ । केही दिनअघि ओलीले केन्द्रिय सदस्य थप गर्दा मनोनित भएका कोइराला र गल्याङ नगरपालिकाकी उपमेयर देवी थापाले भने केन्द्रिय सदस्य अस्वीकृत गरेका छन् । यतिबेला जिल्लामा नेकपा अन्तर्गतका नेता तथा कार्यकर्ता भेला तथा छलफलमा लागि रहेका छन् । ओली समूहले जिल्लाका नेता तथा कार्यकर्तामध्ये झण्डै दुई दर्जन केन्द्रीय सदस्य बनाएको छ ।
नेकपाको दाहाल नेपाल समूह स्याङ्जामा कमजोर रहने आकलन भईरहेका बेला पुराना तथा सक्रिय नेता उक्त समूहमा नै रहेको एक नेताले बताए । सोतका अनुसार पुर्व केन्द्रिय सदस्य सोवियत ढकाल पुर्व सांसदद्धय हितकाजी गुरुङ र टेकु नेपाली अनुशासन आयोग समूह सदस्य प्रेमनारायण पौडेल प्रदेश सदस्य अमरनाथ रेग्मी र खड्कबहादुर नेपाली जिल्ला कार्य सदस्य रामचन्द्र भट्टराई आँधीखोला गाँउपालिका उपाध्यक्ष शर्मिला पौडेल लगायत यही समुहमा रहेका छन् ।

.


यसैगरी गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारी, फेदिखोला गाँउपालिकाका पार्टी सचिवालय सदस्य खड्कराज सुवेदी, जिल्ला सदस्य तथा युवा नेता सन्तोष केसी, अनेरास्वबियुका पूर्ब जिल्ला अध्यक्ष विश्वनाथ अर्याल, टिकाराम नेपाली जिल्ला सचिवालय सदस्य, ताराप्रसाद भूषाल, तिलकराम विक, धनमाया विक, शेषराज ढकाल, अमृत श्रेष्ठ, आनन्द पाठक, पुस्पराज बराल, मिनप्रसाद कोइराला, प्रकाश न्यौपाने, वालिङ नगर कमिटी सचिव रमेश अर्याल लगायत दर्जनौ प्रभावशाली व्यक्तिहरु यसै समूहमा आबद्ध रहेको स्रोतले बतायो ।
मन्त्री पदमा अर्यालका कारण नेकपाको ओली समूह जिल्लामा प्रभावशाली रहने दावी उक्त समूहको रहेपनि त्यो केबल हल्ला मात्रै रहेको प्रचण्ड नेपाल समूहका एक नेताले बताए । जिल्लामा दुबै समूहले आफूहरु नै आधिकारीक समूह भएको दाबी गरेका छन् । कतिपयले भने पर्ख र हेर भन्नेमा नै रहेको बताईएको छ ।
मन्त्री अर्यालको जिल्ला भएको र उनी नेकपा ओली समूहमा लागेकाले सोही समूह जिल्लामा बलियो हुने अनुमान् गरिएको छ त्यस्तै माओवादी केन्द्रको कोटामा जिल्ला अध्यक्ष बनेका पारस समेत ओली समूहमा नै लागेकाछन् तर पनि स्याङ्जामा नेकपाको प्रचण्ड नेपाल समूह सोचेजस्तो कमजोर नरहने स्वयं ओली समूहकै नेताले बताएकाछन् ।
कान्तीपुर दैनिकको सहयोगमा

Facebook Comments Box
TOP