स्याङ्जामा नेकपा ओली र प्रचण्ड-नेपाल समुहको छुट्टा छुट्टै कार्यक्रम

NCP_joint_syangja

स्याङ्जा :  स्याङ्जामा ५० मिटरको दुरीमा नेकपा ओली र प्रचण्ड-नेपाल समुहरुले छुट्टा छुट्टै कार्यक्रम गरेका छन । नेकपा ओली समूहले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ भने प्रचण्ड-माधव समूहले संसद विघटन विरुद्ध बिरोध सभा गरेका हुन ।

यि दुबै कार्यक्रम स्याङ्जाको पुतलीबजारमा ५० मिटरको दुरीमा भएको हो ।  प्रचण्ड-नेपाल समूहले पुतलीबजारको मुख्य चोकमा बिरोध सभा र ओली समूहले सिटिहलमा प्रशिक्षण कार्यक्रम गरेका हुन ।  

.

विरोध सभामा नेकपा गण्डकी प्रदेश सह इन्चार्ज यसोधा सुवेदीले प्रधान मन्त्री केपी ओलीको असंवैधानीक कदमलाई अस्वीकार गर्दै संसद अधिवेशनको माग गर्न आफुहरु सडकमा आएको बताउनु भयो ।   

यता नेकपा ओली समूहले गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङले विदेशी शक्तिले नेपालमा कम्युनिष्ट पार्टीलाई सिध्याउन चाहेको बताउदै  सोही  अभियानको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका आरोप लगाउनु भएको छ ।

मन्त्री गुरुङले देश संकटमा परेको बताउदै नेता तथा कार्यकर्तालाई हलचल नभई डटेर अगाडि बढ्न आग्रह गर्नु भएको छ । 

.

NCP oli
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP