स्याङ्जामा यसरी हुदैछ सरकार बिरूद्धकाे प्रदर्शन ।
स्याङ्जा : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मङ्सिर २९ गते देशव्यापी रुपमा आन्दोलनको घोषणा गरेको छ । वर्तमान सरकारको कार्यशैली ठिक नभएको भन्दै कांग्रेसले देशको ७७ ओटा जिल्लामा नै प्रदर्शनको घोषणा गरेको हो ।
नेपाली कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकाममा बर्तमान् सरकार बिरूद्ध बृहत प्रदर्शन गर्न लागेकाे कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार रानाले जानकारी दिनुभयाे ।
कांग्रेस स्याङजाले प्रदर्शनको तयारी स्वरूप रहेको ११ ओटा स्थानीय तहमा नै बिभिन्न नेताहरूलाइ खटाएर तयारी गरेकाे थियाे । त्यस्तै अाइतबार पार्टी कार्यालयमा छलफल समेत गरिएकाे थियाे ।
केन्द्रले ताेके अनुशार स्याङ्जामा कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङ र अामन्त्रीत केन्द्रीय सदस्य भूमी बहादुर गुरूङ बिश्वले सम्बाेधन गर्नु हुने प्रबक्ता इन्द्र बहादुर गाेदारले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


