रक्षकले नै संबिधानको धज्जी उडाए : नेता थापा
भवानी अधिकारी/स्याङजा :
संबिधानसभा सदस्य राजु थापाले रक्षकहरुले नै संबिधानको धज्जी उडाएको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानलाई उल्लंघन गर्दे संसद बिघटन गरेर लोकतन्त्रको उपहास गरेको बताउनुभयो ।
नेपाली कांग्रेस पुतलीबजार नगरपालिका वडा नं. ३ द्धारा आइतवार आयोजित वडा स्तरीय भेला, सम्मान एवं पार्टी प्रवेश कार्यक्रमलाई वाडखोलामा सम्बोधन गर्दे संबिधानसभा सदस्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाली जनताको ठूलो आशा निराशामा परिणत भएको बताउनुभयो ।
‘बिगतमा भएका संसद बिघटनका नजिर हेरेर २ बर्षसम्म सरकार बिरुद्ध अविश्वासको प्रस्ताव लान मिल्दैन भने संसद बिघटन हुनै नसक्ने उल्लेखगरी बनाइएको छ’ उहाले भन्नुभयो ‘संबिधान बिरुद्ध प्रधानमन्त्रीका कदमले मुलुकलाई ठूलो क्षति पुगेको छ ।’
संबिधानले सरकारको परिवर्तनको परिकल्पना गरे पनि संसद बिघटन बारे उल्लेख गरिएको छैन । नेतृत्वको विकल्प हुँदा हुदै पनि प्रधानमन्त्री र राष्ट्रपतिले संसद नै बिघटन गरेर असंवैधानिक काम गरेको उल्लेख गर्नुभयो । तसर्थ संबिधान, राष्ट्रियता र लोकतन्त्रको रक्षाका निम्ति नेपाली कांग्रेस सडकमा उत्रन वाध्य भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा क्षेत्रीय सभापति तुलसीराम रेग्मी, शिक्षक संघका केन्द्रीय सदस्य भरत लम्साल, नेपाली कांग्रेसका सदस्य तारा मल्ल, पूर्व सदस्यहरु सोमनाथ लम्साल, श्रीराम उपाध्याय, अमिरबक्स मिया, ट्रेड यूनियन कांग्रेसका केन्द्रीय सदस्य दिर्घनारायण शर्मा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बिक्रान्तकुमार श्रेष्ठ, नेपाल मुस्लिम संघ गण्डकी प्रदेश सभापति शाह मोहम्मद मिया, जिल्ला अध्यक्ष अलिमिया मुमु, वडा सहसंयोजक केदारप्रसाद उपाध्याय, नेपाल बिद्यार्थी संघका सौजन गुरुङ लगायतले शुभकामना मन्तब्य सहित जटिल अवस्थामा पुगेको मुलुकको रक्षाका लागि नेपाली कांग्रेसले निकास दिनुपर्नेमा जोड दिएका थिए ।
.
वडा सभापति नरबहादुर गोदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति कमलकान्त उपाध्यायले स्वागत एवं स्कुल अफ डेमोक्रेसीका जिल्ला अध्यक्ष अनुप श्रेष्ठले संचालन गर्नुभएको थियो ।
यसैगरी, सोही वडाका ट्रेड यूनियन कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित दिर्घनारायण शर्मा, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बिक्रान्तकुमार श्रेष्ठ सुवर्ण र स्कुल अफ डेमोक्रेसीका जिल्ला अध्यक्ष अनुप श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा बिभिन्न राजनीतिक दल परित्यागगरि ५१ जनाले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नवप्रवेशी सदस्यहरुलाई संबिधानसभा सदस्य राजु थापा र वडा सभापति नरबहादुर गोदारले सदस्यता रसिद सहित फुल मालाले स्वागत गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…