वरिष्ठ नेता पौडेलको गिरफ्तारको स्याङ्जामा बिरोध प्रर्दशन
भवानी अधिकारी/स्याङजा :
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको घटनाप्रति नेपाली कांग्रेस स्याङ्जाले सदरमुकाममा विरोध प्रर्दशन गरेको छ।
कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको नेतृत्वमा सदरमुकाममा प्रर्दशन गरिएको हो। वरिष्ठ नेता पौडेलको दुब्र्यवहार सहितको गिरफ्तारीको बिरोधमा कांग्रेसले प्रर्दशन गर्दे चर्का नारावाजी समेत गरेका थिए ।
हात हातमा प्ले कार्ड लिएर प्रहरी दमन मूर्दावाद, रामचन्द्र पौडेललाई रिहाइ गर, अधिनायकवादी ओली सरकार मुर्दावाद जस्ता नारा लगाउदै मुख्य बजार परिक्रमा गरेका थिए।
बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएपछि स्याङ्जामा बिरोध प्रर्दशन गरिएको हो।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


