स्याङ्जा काग्रेस १३ गते प्रदर्शनमा उत्रने
स्याङ्जा :
नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार पौष १३ गते स्याङ्जा काँग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ । असंवैधानीक, अलोकतान्त्रिक कदम र सर्वसत्तावाद तर्फ उन्मुख साथै प्रतिनिधिसभा विघटनको बिरुद्ध स्याङ्जा काँग्रेसले बिरोध प्रदर्शन गर्ने भएको हो । नेपाली काँग्रेस स्याङ्जाले जिल्लाका दुबै क्षेत्रका सदरमुकाममा बिरोध प्रदर्शन गर्ने गरी कार्यतालिक तयार गरिएको स्याङ्जा काँग्रेसका प्रवक्ता इन्द्र गोदारले जानकारी दिनुभयाे ।
क्षेत्र नम्वर १ को जिल्ला सदरमुकाम पुतली बजार र क्षेत्र नम्वर २ को वालिङ बजारमा बिरोध प्रदर्शन गर्ने गरी तयारी भएको गोदारले बताउनु भयाे ।
पार्टी भित्रको अन्तरकलहमा लागेर संविधान विघटन गर्नु केपी ओली सरकारको असंवैधानीक कदम भएको नेपाली काँग्रेसको ठहर छ ।
त्यसै काँग्रेसका कार्यकर्ताहरुलाई क्षेत्रीय सदरमुकाम पुगेर विरोध सभामा सहभागी हुन आब्ह्रन गरिएको कांग्रेस स्याङजाका कार्यबाहक सभापति कुमार रानाले जानकारी दिनुभयाे । ९७ वडाका पाटी सभापतिहरुलाई सोही अनुसारको सर्कुलर गरिएको उहाँले बताउनु भयाे ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…