जातिय विभेद र कोभिडले महिलामा पारेका असर बारे अन्तरक्रिया ।
भवानी अधिकारी/स्याङजा :
जातिय विभेद तथा कोभिड १९ र यसले महिलामा पारेका प्रभाव बिषयक जातिय विभेद र कोभिडले महिलामा पारेका असर बारे अन्तरक्रिया गरिएको छ ।
गण्डकी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय र इन्सेक पोखराको आयोजनामा बुधवार पुतलीबजारमा जातिय विभेद र कोभिडले महिलामा पारेका असर बारे अन्तरक्रिया गरिएको हो ।
जातिय विभेद र कोभिडले महिलामा पारेका असर बारे अन्तरक्रियामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले संबिधान र कानूनमा परिवर्तन भए पनि ब्यहारमा कार्यान्वयन नहुदा जातिय तथा लैगिक बिभेद हुने गरेको बताउनुभयो । हिजोका तुलनामा बिभेदहरु धेरै कम भएको जनाउदै ती प्रर्याप्त नभएको उहाको भनाई छ ।
कार्यक्रममा नेकपा नगर कमिटी अध्यक्ष तारा शर्मा, नेपाली कांग्रेस जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य नेत्रप्रसाद पराजुली, सामुदायिक बन उपभोक्त महासंघका अध्यक्ष दोवबहादुर कार्की, समाजसेवी ध्रुब अधिकारी, प्राध्यापक सोमनाथ लम्साल, अधिबक्ता युगनारायण श्रेष्ठ, नेपाल दलित संघका अध्यक्ष लीलबहादुर रनपाल, पुतलीबजार नगरपालिकाका स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफले, सहभागी भगत गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ता प्रकाश अर्यालले जातिय विभेद तथा कोभिड १९ र यसले महिलामा पारेका प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मानव अधिकार तथा इन्सेक नगर समिति तारकबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहजकर्ता सृजना थापाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


