गल्याङ जेसीजद्वारा बजार सरसफाइ तथा जेब्रा क्रसिङ निर्माण ।

JCI Galyang

साधना न्यौपाने/ स्याङ्जा :

गल्याङ् जेसीजकाे सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार बजार सरसफाइ एवम् जेब्रा क्रसिङ निर्माण गरिएको छ । कार्यक्रममा गल्याङ जेसीजका पदाधिकारीद्वारा गल्याङ बजारको सिद्धार्थ राजमार्ग सेरोफेरोमा सरसफाइ गरेका थिए । फ़ोहोर संकलनको लागि गल्याङ नगरपालिकाको ट्याक्टर प्रयोग भएको थियो । कुचो र पन्जा गल्याङ ३ का वडा अध्यक्ष महेश भट्टराईले उपलब्ध गराउनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य श्याम प्रसाद बस्यालले गल्याङ जेसिजले स्थापनाको छोटो समयमै नगरमा राम्रो छाप छोड्न सफल भएको बताउनुभयो। त्यसैगरी कार्यक्रममा स्टेसनरी व्यवसायी महासंघ स्याङ्जाका जिल्ला अध्यक्ष किसान श्रेष्ठ, उद्योग वाणिज्य संघ गल्याङका उपाध्यक्ष बाबुराम पाण्डे, उद्योग वाणिज्य संघ गल्याङका संस्थापक अध्यक्ष सुर्य प्रसाद चापागाईं, उद्योग बाणिज्य संघ गल्याङका महासचिव कृष्ण प्रसाद भट्टराई, लायन्स क्लब अफ गल्याङ सिटीका अध्यक्ष अर्जुन बस्याल, भुतपुर्व सैनिक संघ स्याङ्जाका अध्यक्ष चन्द्र रखाली मगर, भुतपुर्व अङ्ग्रेजी स्कुल गल्याङका प्राचार्य गोपाल गाहा लगायतको उपस्थिति रहेको थियोे । जेसीज सप्ताहका मुल संयोजक एवम् गल्याङ जेसिजका उपाध्यक्ष जेसि प्रकाश भुषालको स्वागत मन्तव्यसंगै शुरूवात भएको कार्यक्रमको अध्यक्षता गल्याङ जेसिजका अध्यक्ष जेसि दर्वेन्द्र देव खनालले गर्नुभएको थियोे । उक्त कार्यक्रमका संयोजक, गल्याङ जेसिजका निर्देशक छविलाल भुषाल रहनुभएको थियोे । कार्यक्रमको संचालन गल्याङ जेसिजका महासचिव जेसि खगेन्द्र भण्डारीले गर्नुभएको थियोे ।

.

त्यसै गरि दोस्रो कार्यक्रम अन्तर्गत सिद्धार्थ राजमार्गको गल्याङ बजारमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । यातायातको बढ्दो चाप, साँघुरो बाटो र मानिसहरुको भिडभाडको अवस्थामा, जहाँ पायो त्यहीँ बाट बाटो काट्दा दुर्घटना हुनसक्ने भएकोले जेब्रा क्रस बनाएको गल्याङ जेसिजका उपाध्यक्ष तथा जेब्रा क्रसिङ निर्माण कार्यक्रमका संयोजक ज्ञानेन्द्र पाठकले जानकारी दिनुभयो । तल्लो गल्याङ जाने चोक र चापाकोट चोकमा गल्याङ जेसिजका पदाधिकारीहरु द्वारा जेब्रा क्रसिङ बनाइएको हो । कार्यक्रममा अस्थायी ट्राफिक पोष्ट गल्याङका प्रमुख सुकइ कुमार कुँवरले ट्राफिक कार्यालयको जिम्मेवारी कार्य गल्याङ जेसिजले गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी हवल्दार टेक बहादुर देउवाको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा जेसिज सप्ताह मुल संयोजक प्रकाश भुषालको स्वागतबाट शुरू भएको थियो ।

कार्यक्रममा गल्याङ जेसिजका कार्यकारी उपाध्यक्ष ऋषि बस्याल जिम्माल कान्छोको जेसिज आस्था र कार्यक्रमका संयोजक ज्ञानेन्द्र पाठकको धन्यवाद मन्तव्य रहेको थियो । गल्याङ जेसिजका अध्यक्ष दर्बेन्द्र देब खनालको अध्यक्षता र महासचिव खगेन्द्र भण्डारीको संचालनमा कार्यक्रम रहेको थियोे । जेसिज सप्ताह अन्तर्गत भोलि अर्थात मङ्सिर २१ गते देशभरका जेसिज शाखाहरुका १-१ सदस्यलाई समेटेर समाचार लेखन तालिम राखिएको छ।

त्यस बाहेक वृद्ध वृद्धा सम्मान, कविता प्रतियोगिता, जेसिज चौतारी उदघाटन, भर्चुअल मानसिक स्वास्थ्यका लागि मनका कुरा लगायतका कार्यक्रम गरिने जेसिज सप्ताहका मुल संयोजक प्रकाश भुषालले जानकारी दिनुभयो । मङ्सिर १८ गते देखि शुरूवात भएको जेसिज सप्ताह एक हप्तासम्म जारी रहनेछ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP