कृषि उपजको विक्रीको ग्यारेण्टी नगरपालिकाले लिन्छ : नगरप्रमुख अधिकारी
गल्याङ : गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिका भित्र उत्पादित कृषि उपजको विक्रीको ग्यारेण्टी नगरपालिकाले लिने बताउनुभएको छ ।
गल्याङ नगरपालिका ५ सेतीवेणीमा शनिबार भएको निमुवाखर्क बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक उत्सव तथा साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले गल्याङमा उत्पादित कृषि उपज फाल्नुपर्ने अवस्था नआउने बताउनुभ
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सबै बजेट कटाएर भए पनि कृषकको उत्पादन नगरपालिका आफैले व्यवस्थापन गर्नेछ । तपाईहरु ढुक्कले उत्पादनमा लाग्नुहोस् ।’
उहाँले सेतीवेणी, मोहनडाँडा, निबुवा हुँदै गल्याङ आउने बाटो कृषकहरुले दुध र तरकारी उत्पादन गर्न सकेमा दैनिक रुपमा गल्याङमा ढुवानी गर्न नगरपालिकाले सवारीसाधनको व्यवस्थापन गर्ने बताउनुभयो ।
उहाँले दैनिक पाँच सय लिटर दुध उत्पादन गर्ने योजना बनाएर लाग्न संस्थालाई आग्रह गर्नुभयो । दुग्ध विकास संस्थानले तोकेको दर रेटमा प्रतिलिटर १५ रुपैयाँको अनुदानको व्यवस्थालाई सदुपयोग गर्न नगरप्रमुख अधिकारीले आग्रह गर्नुभयो ।
किसानमा उत्साह आए मात्रै विकास सम्भव हुने भएकाले आफुले कृषिलाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाई छ ।
.
नगरप्रमुख अधिकारीले सेतिवेणी शिलामा सञ्चालित गुरुकुलका लागि तत्काल एक लाख रुपैयाँ अनुदानको व्यवस्था गर्ने र बाँकी आवश्यक सहयोग पनि गर्दै जाने प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर क्षेत्री बस्यालले स्थानीय जनताको विकासका कार्यमा वडा लागिरहेको बताउनुभयो । उहाँले निवुवाखर्क बहुउद्देश्यीय सहकारीले गरेका कामको प्रशंसा गर्दै उत्पादनका क्षेत्रमा अझै क्रियाशिल हुन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता लोकेन्द्र थापामगरले संस्थाले पछाडी पारिएका वर्गलाई समाबेश गर्ने गरी योजना बताउन सुझाब दिनुभयो ।
कार्यक्रमको सञ्चालन गर्नुभएका संस्थाका सचिव टेकबहादुर थापाले संस्थाको आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष केशब सुनारको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य गंगाधर बस्यालले गर्नुभएको थियो ।
एक सय ८४ जना सेयर सदस्य रहेको संस्था गल्याङ नगरपालिकाको सेतीवेणी र आसपासका क्षेत्रमा क्रियाशिल रहेको बताइएको छ ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…