आँधीखोला गाउँपालिकाद्वारा आँधीखोलामा ५२ हजार माछाका भुरा छोडियो ।

स्याङ्जा : स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट १४ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न ७ ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।
आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी तथा तालको कुनै महत्व हुँदैन” उहाँले बताउनुभयो ।
खोलामा साना भुरा छोड्दा बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढि रहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको उहाँले बताउनु भयाे ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…