आँधीखोला गाउँपालिकाद्वारा आँधीखोलामा ५२ हजार माछाका भुरा छोडियो ।
स्याङ्जा : स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट १४ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न ७ ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।
आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी तथा तालको कुनै महत्व हुँदैन” उहाँले बताउनुभयो ।
खोलामा साना भुरा छोड्दा बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढि रहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको उहाँले बताउनु भयाे ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


