चापाकोटमा प्रदेशलाई पुग्ने आलु फलाउँछौ : नगर प्रमुख गिरी
स्याङ्जा : स्याङ्जाको सबै भन्दा ठुलो समथर फाट चापाकोट नगरको उर्बर फाट अब आलुमय बन्ने भएको छ।आलु खेतीमा स्थानीय सरकारले करोडौं लगानी गरेपछी,अहिले चापाकोटका सबै जसो कृषक आलु रोप्ने कार्यमा ब्यस्त छन। चापाकोट नगर भित्रका १० वटै वार्डका टोल टोलमा महिला कृषक समुह गठन गरि सुरु गरिएको आलु खेती,हिले अधिकतम कृषक आलु रोप्नमै ब्यस्त छन्। अधिकतम कृषक समुदायको बाहुल्यता रहेको चापाकोटमा कृषकलाई आलु रोप्ने चटारो छ भने नगरप्रमुख शिव कुमार गिरि र उप-प्रमुख बिमला श्रेष्ठ भने आलुको बिउ बितरणको दौरानमा छन्।
.

नगरपालिकाले झन्डै चार सय बिघाहा जमिनमा आलु फलाउने कार्यक्रम रहेको नगरप्रमुख शिव कुमार गिरीको भनाइ छ। चापाकोट नगरपालिकाले उर्वर फाँट बनाएर प्रकृतिले दिएको बरदान भएको तर, हामीले सही सदुपयोग गर्न नसकेको जिकिर गर्दै नगरप्रमुख गिरीले भारतबाट आलु आयात गरेर खाने दिनको अन्त्य गर्न गण्डकी प्रदेशमा उपभोग हुने आलुको जिम्मा चापाकोटले लिने र त्यो सबै होमवर्क आफुले गरिसकेको नगरप्रमुख गिरिले बताउनु भयाे ।
.

आलु खेती गरिसकेपछि आवस्यक बिषादी,मल,भिटामिन जस्ता कुरामा स्थानीय सरकारले खटाएको कृषि प्राबिधिकले दिएको सल्लाह अनुरुप कार्य गर्न नगरका कृषकलाई आग्रह गरेको नगर प्रमुख गिरीले बताउनु भयाे । आलु स्टोरका लागि कोल्ड स्टोरको निर्माण गर्ने र त्यो कोल्ड स्टोर सम्भवत नेपालकै ठुलो कोल्ड स्टोर बनाउने आफ्नो सोच रहेको भन्दै कोल्ड स्टोर निर्माणका लागि प्रदेश र संघ सरकारलाई पहल गर्ने नगरप्रमुख गिरीकाे भनाइ छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


