बिपिको बिचारमा हातेमालो गर्दै अगाडी बढौं, संबृद्धि सम्भव छ : सांसद मल्ल ।
चापाकोट :
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले बिपिको बिचारमा हातेमालो गर्दै अगाडि बढे संबृद्धि सम्भव रहेको बताउनु भएको छ ।
सांसद मल्लले नेपाली काँग्रेस जनताको घरदैलोमा सुखदुखमा साथ दिन पुग्ने पार्टी भएको स्मरण गराउदै सत्तारुढ नेकपाको केवल नारा मात्रै रहेको दावी गर्नु भयो ।
उहाँले थप्नु भयो,नेकपा भ्रष्टाचारमा चुर्लुम्मै डुवेको छ, नेपाली जनताको हितको त कुरै छाडौं । उहाँले नेकपाका नेता आ आफ्नै गुटको हितमा मात्रै लागेको आरोप समेत लगाउनु भयो ।
सो अवसरमा सांसद मल्लले चापाकोट नगरपालिकाका नेकपामा सक्रिय सदस्य बेले गुरुङ (कान्छा दाइ) र पिताम्बर थापालाई प्रवेश गराउनु भएको छ ।
कांग्रेस प्रवेश गरेका पिताम्बर थापाले नेकपा प्रति आक्रोश पोख्दै भन्नुभयो, हाम्रा क्षेत्रबाट जिताएर मन्त्री सम्म पठाएका थियौं तर कुनै परिवार्तन आउन सकेन ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं २ (क) का सभापति अर्जुन प्रकाश अर्याल लगायतले बोलेका थिए ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


