बिपिको बिचारमा हातेमालो गर्दै अगाडी बढौं, संबृद्धि सम्भव छ : सांसद मल्ल ।
चापाकोट :
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले बिपिको बिचारमा हातेमालो गर्दै अगाडि बढे संबृद्धि सम्भव रहेको बताउनु भएको छ ।
सांसद मल्लले नेपाली काँग्रेस जनताको घरदैलोमा सुखदुखमा साथ दिन पुग्ने पार्टी भएको स्मरण गराउदै सत्तारुढ नेकपाको केवल नारा मात्रै रहेको दावी गर्नु भयो ।
उहाँले थप्नु भयो,नेकपा भ्रष्टाचारमा चुर्लुम्मै डुवेको छ, नेपाली जनताको हितको त कुरै छाडौं । उहाँले नेकपाका नेता आ आफ्नै गुटको हितमा मात्रै लागेको आरोप समेत लगाउनु भयो ।
सो अवसरमा सांसद मल्लले चापाकोट नगरपालिकाका नेकपामा सक्रिय सदस्य बेले गुरुङ (कान्छा दाइ) र पिताम्बर थापालाई प्रवेश गराउनु भएको छ ।
कांग्रेस प्रवेश गरेका पिताम्बर थापाले नेकपा प्रति आक्रोश पोख्दै भन्नुभयो, हाम्रा क्षेत्रबाट जिताएर मन्त्री सम्म पठाएका थियौं तर कुनै परिवार्तन आउन सकेन ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं २ (क) का सभापति अर्जुन प्रकाश अर्याल लगायतले बोलेका थिए ।
.

समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


