‘ढुक्क हुनुस् नेकपा फुट्दैन’ : मन्त्री अर्याल ।
स्याङजा :
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेकपा कुनै पनि हालतमा नफुट्ने बताउनु भएको छ । मन्त्री अर्यालले भन्नुभयो, ‘ढुक्क हुनुहोस् नेकपा कुनै पनि हालतमा फुट्दैन ।’
स्याङजाका पत्रकारहरुसँगको भेटघाटमा मन्त्री अर्यालले जीवन्त पार्टीमा छलफल बहस स्वभाविक भएको भन्दै छलफल बहस पार्टीको नियन्त्रणमा नै रहेको स्पष्ट पार्नु भयो ।
मन्त्री अर्यालले हालको नेकपा तथा कांग्रेस दुबै पार्टीले फुटको स्वाद चाखेर आएको स्मरण गराउदै अव त्यस्तो हुनै नसक्ने स्पष्ट पार्नु भएको हो ।
उहाँले भन्नुभयो, अहिलेको नेकपाको बिबाद नीतिगत होईन, कार्यशैलीगत हो । दुई पार्टीका फरक फरक बिचार एक ठाँउमा आएको कारण यस्तो अवस्था आएको उहाँको भनाईछ । पार्टी फुट्ने कल्पना समेत गर्न नसकिने मन्त्री अर्यालको निस्कर्ष छ ।
मन्त्री अर्यालले पत्रकारहरुसँग स्याङजाका बिकास निर्माण तथा समग्र देशको पछिल्लो अवस्थाका बारेमा छलफल गर्नु भएको थियो ।
भिडियाे : ढुक्क हुनुस् नेकपा फुट्दैन,नेकपाको बिबाद नीतिगत होईन : मन्त्री अर्याल ।
.
समाचार
थप सामाग्री-
मुक्तिनाथ फाउन्डेसनले वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण
-
गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।
-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
६ दिन अगाडि
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…